प्राधिकरणको पत्रले जगदम्बा स्टिल र मारुती सिमेन्टको आईपीओ तत्काल जारी नहुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको महसुल बाँकी रहेको पत्र पठाएपछि धितोपत्र बोर्डले जगदम्बा स्टिल र मारुती सिमेन्टलाई तत्काल आईपीओ निष्कासनको अनुमति नदिने भएको छ ।
दुवै कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै बोर्डमा निवेदन दिएका छन् । तर बक्यौता बाँकी रहेको भनेर प्राधिकरणले पत्र पठाएपछि विगतको अभ्यास अनुसार रोकिने बोर्डले जनाएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कार्तिक २५ गतेको मन्त्रिपरिषद्को निर्णय र मङ्सिर ११ गतेको विद्युत् नियमन आयोगले बक्यौता उठाउन भनेको बेहोरासहितको पत्र बुधवार बोर्डमा पठाएका थिए । जसमा मारुती सिमेन्टले ५७ करोड ४४ लाख ७९ हजार रुपैयाँ बुझाउन बाँकी रहेको उल्लेख छ । जगदम्बा स्टिलको भने १ अर्ब ६० करोड १८ लाख ४३ हजार रुपैयाँ बक्यौता रहेको पत्रमा जनाइएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीका अनुसार विगतमा पनि यसरी बक्यौता बाँकीको पत्र आएपछि रोकिएको अभ्यास छ ।
उनले भने, ‘कुनै पनि निकायले बक्यौता बाँकी रहेको जानकारी दिएपछि आईपीओ जारी गरिँदैन । गरिएको थिएन । त्यही अभ्यासलाई हेर्दा यो पटक पनि आईपीओको पाइप लाइनमा रहेका कम्पनीको बक्यौता बाँकी भए तत्काल जारी गर्न सकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक