ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की

वासिङ्टन डीसी । अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी मन्त्रीपरिषदमा नियुक्त गरेका कयौँ सदस्यलाई बम हान्ने धम्की आएको छ । बमको धम्कीबारे आफू सचेत रहेको एफबीआईले पनि भनेको छ ।
ट्रम्पको मन्त्री परिषद्मा रक्षा, हाउजिङ, कृषि र श्रमलगायत मन्त्रालयको जिम्मा पाएका कम्तीमा ९ जनालाई धम्की आएको बताइएको छ । संयुक्त राष्ट्र सङ्घका लागि अमेरिकी राजदूत पनि यो सूचिमा परेको भनिएको छ ।
प्रहरीले यी मामिलामाथि छानबिन गरिरहेको छ । धम्की मंगलबार र बुधबार राति आएको भनिएको छ । ट्रम्पले मन्त्री परिषद्मा मनोनीत गरेका कयौँ व्यक्तिलाई उनीहरू र आफन्त समेतको नाममा हिंस्रक, गैर अमेरिकी धम्की आएको ट्रम्पको ट्रान्जिशन टिमकी प्रवक्ता क्यारोलिन लिभिटले भनिन् । मनोनीत व्यक्तिको सुरक्षा सुनिश्चित गर्न कानून कार्यान्वयन गर्ने निकायले तत्कालै यस मामिलालाई हातमा लिएको पनि उनले बताइन् ।
लिभिट र एफबीआई कसैले पनि धम्की आएको व्यक्तिको नाम खुलाएका छैनन् । ट्रम्पले यूएनको राजदूतमा मनोनीत गरेको एलिस स्टेफानिकले भने आफ्नो घरपरिवारलाई बमको धम्की आएको भनेर भनेकी थिइन् । रक्षा मन्त्रीमा मनोनीत भएका पिट हेग्स्थले पनि धम्की आएको पुष्टि गरेका छन् ।
राष्ट्रपतिको चुनावी अभियानको समयमा दुई पटक ट्रम्पको ज्यान मार्ने प्रयास भएको थियो । तर यस पटक ट्रम्पलाई भने यस्ता धम्की नआएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’
-
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक