बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
गढीमाईमा बलि

बलिपूर्व पशुको स्वास्थ्य परीक्षण आवश्यक (भिडियोसहित)

बिहीबार, १३ मङ्सिर २०८१

बाराको गढीमाईमा यही मंसिर १ गतेदेखि एक महिने मेला जारी छ । यो मेलामा विभिन्न जनावरको बलि समेत दिने प्रचलन छ । हरेक पाँच–पाँच वर्षमा लाग्ने यो मेला मानिसहरूको पवित्र धार्मिक आस्थासँग जोडिएको छ । यसपालि मंसिर २३ गते ठुला पशु (राँगा)को र २४ गते साना पशु (खसी–बोका लगायत)को बलि दिइँदै छ । त्यहाँ ठुलो संख्यामा पशु बलि दिइने सम्भावना देखिन्छ । 

टाढा–टाढाबाट पशुवस्तु ल्याइने हुँदा पशुका रोग पनि आउन सक्छन् । बलि दिइएका पशुको मासु अन्य क्षेत्रमा पुर्‍याइन्छ, मासुबाट समेत रोग फैलिने जोखिम रहन्छ ।

धार्मिक परिप्रेक्ष्यमा धेरै पहिलादेखि चल्दै आएको यस मेलामा पशु सेवा विभागले कुनै चोट (हस्तक्षेप) पुर्‍याउँदैन । अन्य निकायसँग समन्वयन गरेर हामीले पशुपन्छीको रोग नियन्त्रणमा भूमिका खेल्नेछौँ । पशुजन्य पदार्थमा हाम्रो मुलुक आत्मनिर्भर छ । अझ हामी निर्यातमुखी पनि भइसकेका छौँ । यो अवस्थामा हामीले उच्च सतर्कताका साथ पशुपन्छी रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरेका छौँ । 

त्यहाँ आस्थाका रूपले तमाम धर्मावलम्बीले दिने बलिको व्यवस्थापनका लागि व्यवस्थापन समिति छँदै छ । बलि दिन ल्याइएका पशु स्वस्थ रहनुपर्छ । बिरामी, खान नपाएर निर्बल भएको पशुलाई विश्वभर कहीँ पनि बलि दिइँदैन । विशेष गरी पशु क्वारेन्टाइन वीरगन्जले त्यहाँका पशुसेवा निकाय, स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय लगायतसँग समन्वय गरेर आवश्यक स्थानमा स्वास्थ्य परीक्षण गर्दै छ । 

पशु कल्याण अधिकारकर्मीले पशुलाई केही गर्नु हुँदैन भन्ने मान्यता राख्नुहुन्छ । तर म पशु सेवा विभागको महानिर्देशक भइरहँदा पशुको वध मानवीय हिसाबले हुनुपर्छ भन्ने सन्देश फैलाएका छौँ ।

अहिले हामीले समन्वयको कार्य गरिरहेका छौँ । यो सबै हेर्नका लागि वीरगन्ज पशु क्वारेन्टाइनमा वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ । उहाँहरूको नेतृत्वमा अनुगमन टोली पनि रहन्छ र आवश्यक परेमा पशु सेवा विभाग र विभाग अन्तर्गतका जनशक्ति परिचालन गर्छौं । पशु दिने बलिको स्वास्थ्य परीक्षणका लागि हामीले छलफल र समन्वय गरिरहेका छौँ ।

त्यहाँको भौतिक परिवेश अनुसार पाँच स्थानबाट पशुको स्वास्थ्य परीक्षण गरिने जानकारी हामीलाई आएको छ ।

बलि पवित्र उद्देश्यका लागि दिइने हो, त्यसैले बलि दिने पशु अस्वस्थ भई रोग फैलियो भने धार्मिक रूपमा पनि राम्रो भएन । थुप्रै रोग मासुबाट मानिसमा सर्ने भएकाले पशुको स्वास्थ्य परीक्षण अनिवार्य छ । 

परीक्षणमा अस्वस्थ देखिएका पशुवस्तुलाई वध नगर्न आग्रह गर्छौं । त्यस्ता पशुहरूलाई थप उपचार गर्नेछौँ । पशुको उपचार त्यहीँ सम्भव नभए सम्बन्धित निकायमा पनि पठाउनेछौँ । 


सर्वोच्चले पाँच–पाँच वर्षमा लाग्ने गढीमाई मेला लगायत पशु कल्याणका विषयमा सचेत गराएको छ । धार्मिक आस्थासँग जोडिएको विषयमा सकेसम्म नराम्रो अवस्था सिर्जना नहोस् भन्नका लागि पशु सेवा विभाग सचेत छ । वध गर्ने–नगर्ने विषयमा म धेरै बोलिनँ ।


बलिका लागि ल्याइने कतिपय पशुवस्तुको परीक्षणका लागि नमुना संकलन गर्नुपर्ने हुन्छ । पशुवस्तुमा रोग थियो वा थिएन भन्नका लागि दुई–तीनवटा प्रयोगशालासँग पनि सहयोग लिनेछौँ । केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा छ । 

ठुला पशुमा खोरेत रोग हुन सक्छ । खोरेतलाई हामीले मुलुकबाटै निवारण गर्न खोज्दै छौँ । त्यहाँ ल्याइने पशुहरूमा खोरेत रोग भए–नभएको हेर्न ‘खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला’का चिकित्सक खटाइनेछ । 

मधेश प्रदेशमा संघीय कार्यालय ‘पशुपन्छी अन्वक्षेण प्रयोगशाला’ छ । त्यहाँका पशु चिकित्सकलाई पनि नमुना संकलन र परीक्षणमा परिचालन गर्ने गरी कार्ययोजना बनाएका छौँ । 

पशुवस्तुलाई वध गर्नुअगावै आरामको आवश्यक पर्छ । तनावपूर्ण अवस्थामा पशुवस्तुको वध गरियो भने मासुको गुणस्तर राम्रो हुँदैन । त्यहाँ १२ देखि १४ घण्टासम्म पशुलाई राख्न वा आराम दिन सम्भव नहोला, ठाउँको अभाव होला । सकेसम्म पशुलाई केही समय आराम दिनैपर्छ ।

अर्कोतिर, वध गरिसकेपछि त्यत्तिकै धेरै बेर राख्नुहुँदैन । सकेसम्म छिटो प्रशोधन गरेर छिटै उपभोग गर्दा बुद्धिमानी हुन्छ । मैले बुझे अनुसार, त्यहाँ बलि दिइएका पशुहरूको टाउको त्यहीँ रहने व्यवस्था रहेछ । यसरी हेर्दा व्यवस्थापनमा पनि समस्या हुन सक्ने सम्भावना देखिन्छ । त्यहाँ पशु बलि स्थानको व्यवस्थापन स्थानीय पालिकाको हो । यसो भन्दैमा पशु विभागले काम होइन भन्न मिल्दैन, विभागले समन्वयको पाटोमा काम गर्छ । 

पशुजन्य पदार्थमा हाम्रो मुलुक आत्मनिर्भर छ । अझ हामी निर्यातमुखी पनि भइसकेका छौँ । यो अवस्थामा हामीले उच्च सतर्कताका साथ पशुपन्छी रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरेका छौँ ।

हामीले पशु स्वास्थ्य परीक्षणको पाटोमा काम गर्छौं । बलि दिइसकेपछि तत्काल व्यवस्थापन गर्न सकिएन भने रोगको संक्रमण फैलिने, वातावरण दुर्गन्धित हुने जस्ता समस्या देखिन्छन् । अस्वस्थ पशुको उपभोग गर्दा विभिन्न रोग लाग्न सक्छ । त्यसैले वरिपरि बस्नुभएका आम नागरिकलाई सचेत हुन आग्रह छ । 

वातावरण प्रदूषण नहुने गरी व्यवस्थापनको काम गर्नुपर्छ । अर्कोतिर, मासु पनि राम्ररी पकाएर उपभोग गर्नुपर्छ । जहाँसम्म वातावरण प्रदूषणको विषय छ, त्यस्ता विषयमा स्थानीय पालिका लाग्नुपर्छ ।

सर्वोच्चले पाँच–पाँच वर्षमा लाग्ने गढीमाई मेला लगायत पशु कल्याणका विषयमा सचेत गराएको छ । धार्मिक आस्थासँग जोडिएको विषयमा सकेसम्म नराम्रो अवस्था सिर्जना नहोस् भन्नका लागि पशु सेवा विभाग सचेत छ । वध गर्ने–नगर्ने विषयमा म धेरै बोलिनँ । पशुको वध गर्नु हुँदैन भन्ने पक्षका लागि भन्दा पनि मानवीय हिसाबले पशुको वध हुनुपर्छ भन्ने पक्षमा हो पशु सेवा विभाग । 

बलि चाहे मासु उपभोगका लागि होस्, चाहे धार्मिक आस्थाका लागि, मानवीय तरिकाले वध हुन सकेन भने त्यसको मासु उपभोगका लागि उपयुक्त हुन सक्दैन । हामीले सबैलाई सचेत गराएका छौँ । त्यसका लागि हामीले काम गर्दै छौँ । पशु कल्याण अधिकारकर्मीले पशुलाई केही गर्नु हुँदैन भन्ने मान्यता राख्नुहुन्छ । तर म पशु सेवा विभागको महानिर्देशक भइरहँदा पशुको वध मानवीय हिसाबले हुनुपर्छ भन्ने सन्देश फैलाएका छौँ । त्यसका लागि पशु कल्याण ऐन वा विधेयक आवश्यक छ भन्ने हिसाबले हामीले काम गर्दै छौँ । 

(पशु सेवा विभागका महानिर्देशक दाहालसँग रातोपाटीकर्मी सरिता थारुले गरेको कुराकानीमा आधारित ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया