सेयर बजार र मौद्रिक नीतिको समीक्षामा समेट्नुपर्ने सवाल

लगानीका अवसरहरू नहुनु र बैंकहरुलाई लगानीमा विश्वास नहुनु, प्रतिफल नदेख्नु तथा जोखिम मात्र देख्दा लगानी सहज हुन नसकेको अवस्था छ। जसका कारण बैंकको तरलता अत्यधिक बढेको देखिन्छ। उसो त ब्याजदर घट्नुलाई मात्र अर्थतन्त्र सहज भएको मान्न सकिँदैन।
अर्थतन्त्रलाई सकारात्मक बाटोमा लैजान बैंकले उत्पादनमूलक क्षेत्रमा नै लगानी गर्नुपर्छ। बिस्तारै सरकारले लगानी गर्ने वातावरण बनाउन युवाहरूलाई स्टार्ट अप व्यवसायलाई सहुलियत दरका ऋण उपलब्ध गराउने, बजारको ग्यारेन्टी गर्ने, पोलिसि सहजीकरण गरिदिने र नेपालमा व्यवसाय गरेर पनि राम्ररी स्थापित हुन सकिन्छ भन्ने विश्वास दिलाउन जरुरी छ।
समग्र आर्थिक अवस्था बिस्तारै चलायमान हुँदै जाँदा त्यसले सेयर बजारलाई पनि चलायमान बनाउँदै लैजान खोजेको देखिन्छ। विकसित मुलुकमा पुँजी बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ तर नेपालमा त्यस्तो हुन सकिराखेको छैन । कम पुँजी भएका, फन्डामेन्टल कमजोर कम्पनीहरूलाई पनि खेलाडीहरूले कृत्रिम माग सिर्जना गरी अप्राकृतिक तरिकाले मूल्य बढाएर साना तथा सोझा लगानीकर्ताहरू डुबाई राखेका छन्। उदाहरणको रूपमा राष्ट्र बैंकले समस्याग्रस्त भनेको कर्णाली विकास बैंकको सेयर मूल्य सर्किट लागेर वृद्धि भएको छ। लामो समयदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा पुँजी बजारका तमाम समस्या सही तरिकाले हल हुन सकेका थिएनन्। हालै मात्र सरकारले धितोपत्र बोर्डको प्रमुख नियुक्त गरेको छ। कमजोर वित्तीय अवस्था भएका कम्पनीलाई बनावटी तरिकाले मूल्य वृद्धि गराउने र जुवा खेले जसरी लगानीकर्ता डुबाउने कुराको सूक्ष्म निरीक्षण गरी पारदर्शी धितो पत्र कारोबार गराउन धितो पत्र बोर्ड सक्षम हुनुपर्छ। कमजोर वित्तीय अवस्था भयका कम्पनीले गलत वित्तीय विवरण प्रकाशित गरी आईपीओ, एफपीओ र बुक बिल्डिङमार्फत सर्वसाधारणबाट बढी पैसा उठाएर पब्लिक ठग्ने कामको सूक्ष्म अध्ययन र निगरानी गर्नुपर्छ। कम्पनीका फन्डामेन्टल टूल्सहरुले त्यसको बजार मूल्यलाई जस्टिफाई गर्छ कि गर्दैन भन्ने कुराको पनि अध्ययन गरी बजारलाई पारदर्शी बनाउने जिम्मा धितो पत्र बोर्डको हो।
समग्रमा नेपाली पुँजी बजार सुधार उन्मुख हुँदै अगाडि बढ्न खोजेको देखिन्छ। अर्थतन्त्रका आन्तरिक र बाह्य तत्त्वहरू पनि बिस्तारै सुधार हुँदै छन्। ब्याजदर एकल बिन्दुमा छ। कम्पनीका आर्थिक समस्याहरू पनि बिस्तारै समाधान हुँदै गई राखेका छन्। गभर्नर, अर्थ मन्त्रालय, प्रधानमन्त्री,धितो पत्र बोर्ड प्रमुखको लय पनि उस्तै देखिन्छ। ब्रोकरको सङ्ख्या वृद्धि, डिम्याट र मेरो सेयर लिने लगानीकर्ता उल्लेख्य रूपमा वृद्धि, लगानीका अन्य अवसर खुम्चिराखेको वर्तमान अवस्था सेयर बजारको लागि सकारात्मक पक्ष हो ।लगानी गर्दा फन्डामेन्टल आधारलाई ख्याल गर्दै लगानी गर्न सक्दा सिकाइका साथै कमाइ पनि गर्न सकिन्छ।
सायद यो हप्ता प्रकाशित हुने मौद्रिक नीतिको समीक्षाले शेयर धितो कर्जाको जोखिम भार १००% मा झार्ने, व्यक्तिगत लगानीकर्तालाई सेयर धितो कर्जामा लगाएको क्यापलाई हटाउने, बैंक तथा वित्तीय संस्थालाई केही % लगानी दोस्रो बजारमा गर्न सहजीकरण गर्ने गर्न सकेमा पुँजीबजारले थप गति लिन सक्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय