कालीगण्डकी करिडोरः लमाएखोलामा पुल पुनःनिर्माण सुरु
बिहीबार, १३ मङ्सिर २०८१, ०९ : ३९
पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतखण्डमा पर्ने लमाएखोलाले बगाएको मोटरेबल पुल पुनःनिर्माण सुरु गरिएको छ ।
स्लाब ढलानको तयारी भएका बेला बाढीले सबै निर्माण सामग्री बगाएपछि पुल निर्माण रोकिएको थियो । कालीगण्डकी करिडोर आयोजना कार्यालयका अनुसार आगामी दुई सय दिनभित्र काम सम्पन्न गर्ने गरी निर्माण व्यवसायीलाई जरिवानासहित काममा लगाइएको छ ।
बाढीले पुलसँगै निर्माणस्थलमा रहेका सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य सामग्री बगाएको थियो ।
पुल दुई वर्षमा सम्पन्न गर्नेगरी २०७५ साल पुसदेखि निर्माण सुरु भएको थियो । साठी प्रतिशत काम सम्पन्न भएकामा बाढीले टेवा पर्खालबाहेक सबै संरचनामा क्षति भएको थियो । पच्चीस मिटर लामो र ११ मिटर चौडा यो पुलको लागत रु पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब समर्थकहरु मैदानभित्र प्रवेश गरेर क्रिकेट खेल्न थाले ...
-
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
-
काठमाडौँ उपत्यकामा वायुको गुणस्तर खस्कियो (तस्बिरहरू)
-
सिन डिडीको बेल तेस्रो पटक पनि अस्वीकृत
-
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
-
अवैध आप्रवासन रोक्न सहमत भएको ट्रम्पको दाबीबारे के भन्छिन् मेक्सिकोकी राष्ट्रपति ?