कैलालीमा ६ लाख बढीको अवैध सामान बरामद

धनगढी । कैलालीमा ६ लाख बढीको भन्सार छलीको सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतीय नाकाहरूबाट भन्सार छली गरी ल्याएको करिब ६ लाख २ हजार ६५० मूल्य बराबरको अवैध बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले त बरामद गरिएका सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाउने कार्य भइरहेको बताए ।
प्रहरीले धनगढी उप–महानगरपालिकास्थित आदर्श चोक र त्रिबेणीघाटबाट ३२ हजार ७५० मूल्य बराबरको माछा, चिनी, प्याज र किराना सामान फेला पारेको थियो । त्यसैगरी जिल्लाको गोदावरी नगरपालिका ३ चौकीडाडाबाट २ लाख ३१ हजार ८ सय बराबरको कपडा फेला पारेको छ ।
जिल्लाको कैलारी गाउँपालिका ५ मनिकापुरबाट करिब १ लाख ९५ हजार ५ सय बराबरको २०० एएच ईनभटर, ब्याट्री, कपडा र नाइलन रसी फेला पारेको छ । कैलालीको टीकापुर नगरपालिका ८ बेलुवाबाट १ लाख ८ हजार ४ सय बराबरको तेल, मोजा, छिद्रा माछा र मम्फली बरामद गरेको छ ।
जिल्लाको भजनी नगरपालिकास्थित काँडा र पहलवानपुरबाट ३० हजार २ सय बराबरको छिद्रा माछा, हरियो खुर्सानी र सिंगाडा बरामद गरेको छ । त्यस्तै जोशीपुर गाउँपालिका ३ फाडियाबाट ४ हजार बराबरको चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : बालुवाटारमा ओली-देउवाबीच भेटवार्तादेखि भाटभटेनी लुटपाट काण्डले राजेन्द्र लिङ्देनको पुत्ला दहनसम्म
-
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
-
काभ्रेमा सात खानीक्रसर उद्योग बन्द
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता