लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
![लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण](https://npcdn.ratopati.com/media/news/pul_N8G4EVBSXc.jpg)
पाल्पा । अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर (नवलपरासी सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्ने एक सय ७५ मिटर लामो झोलुङ्गे पुल सङ्घीय सरकारमार्फत रु एक करोड ३७ लाख ६७ हजार नौ सय २० को लागतमा निर्माण भएको हो ।
लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले पुल उद्घाटन गर्दै विकास–निर्माणलाई सङ्घ र प्रदेश सरकारले प्राथमिकता दिएको बताए ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले पुल अभावमा कठिन आवागमन अब सहज हुने बताए । पुलबाट निस्दी गाउँपालिका बाहेक रिपाहा, लामेदमार, मुढाबास, धाक्रेदमार र नवलपुरतर्फ (नवलपरासी सुस्तापूर्व) मध्यविन्दु नगरपालिकाको झोलुङ्गे, सारूडाँडा, द्वारी आसपासका स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु