स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकामा योपटक इतिहास रच्ने दाबी गरेको छ । कीर्तिपुरको नगरप्रमुखमा माओवादीले प्राडा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । उनी यसअघि पनि माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए ।
बौद्धिक, निष्कलङ्क, निष्ठा र सरल स्वभावका महर्जन कीर्तिपुरवासीबिच लोकप्रिय छन् । त्यसैले पनि माओवादी केन्द्रले उनीप्रति विश्वास जनाउँदै फेरि उम्मेदवार बनाएको कतिपयको बुझाइ छ । कीर्तिपुरमा देखिएको शिक्षा, स्वास्थ्य, खानेपानी, सामाजिक न्याय, सुशासन, भौतिक पूर्वाधार लगायत क्षेत्रमा विशेष योगदान गरेका उनी योपटक विजयी मात्र नभइ इतिहास रच्ने आत्मविश्वासका साथ जानताका घरदैलोमा मत माग्न व्यस्त छन् ।
सोमबार रातोपाटीकर्मीले उम्मेदवारलाई पछ्याउने क्रममा कीर्तिपुर–६ स्थित टौदहमा भेटिएका महर्जनले चुनावी माहोलबारे संक्षिप्त भिडियो प्रतिक्रिया दिएका थिए । सोही क्रममा उनले योपटक आफूले जित्ने दाबीमात्र गरेनन्, जितको आधारसमेत पेस गरे ।
एमालेको किल्ला मानिएको यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसले इतिहास रचेको थियो । त्यतिबेला कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार केशवरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेका थिए ।
माओवादीका उम्मेदवार महर्जनले चार हजार ९० मत पाएका थिए । महर्जनले पाएको मत विजयी उम्मेदवारको भन्दा चार हजार ९५३ कम हो । यस्तै, दोस्रो स्थानमा रहेका एमाले उम्मेदवारको तुलनामा एक हजार ४१७ मत कम हो ।
योपटक माओवादीप्रति जनताको जनमत बढ्दै गएको स्थानीयहरूले विश्लेषण गरेका छन् । कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले समेत कांग्रेस, एमाले र माओवादीबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने स्वीकारेका छन् । उपनिर्वाचनमा एमालेबाट केन्द्रीय सदस्यसमेत रहेका डा. सुरेन्द्र मानन्धर चुनावी मैदानमा उत्रिएका छन् ।
अहिले ३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा प्रमुख तीन दलबिच कडा प्रतिस्पर्धा हुँदा करिब १० हजार मत ल्याउने उम्मेदवार विजयी हुन सक्ने अनुमान गरिएको छ । यदि विजय हुन १० हजार मत निर्णायक भएमा महर्जनले ६ हजार मत थप्नुपर्ने हुन्छ । दुई वर्ष ८ महिनाको बिचमा फेरि चुनावी मैदानमा उत्रिएका उनलाई अहिले नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारहरू नवरथकुमार बानिया, राजमान महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी लगायतको उपस्थितिले आफूलाई फाइदा हुने माओवादीको बुझाइ छ । योपटक माओवादीप्रति जनताको जनमत बढ्दै गएको स्थानीयहरूले विश्लेषण गरेका छन् । कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले समेत कांग्रेस, एमाले र माओवादीबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने स्वीकारेका छन् । उपनिर्वाचनमा एमालेबाट केन्द्रीय सदस्यसमेत रहेका डा. सुरेन्द्र मानन्धर चुनावी मैदानमा उत्रिएका छन् ।
कीर्तिपुरमा माओवादी केन्द्रले दुई ठुला दललाई चकित पार्ने गरी नतिजा ल्याउन सक्ने माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले दाबी गरे ।
‘योपटक उपनिर्वाचन हुन लागेका क्षेत्रमध्ये विगतमा आफ्नो पार्टीले जितेका स्थान सुरक्षित गर्दै थप अन्य केही सिटमा माओवादीले जित्ते सम्भावना छ,’ मंगलबार रातोपाटीसँग उनले भने, ‘अघिल्लो निर्वाचनमा जितेको ८ सिट कायमै राखेर बागमती, कोशी, सुदूरपश्चिम, कर्णालीबाट थप दुई–तीन सिट थपिने देखिएको छ ।’
अघिल्लो निर्वाचनको तुलनामा यसपटक माओवादीप्रति जनममत बढ्दै गएको जिकिर गर्दै पोखरेलले चुनावी परिणामका लागि एक हप्ता कुर्न आग्रह गरे ।
पोखरेलले जस्तै महर्जनले पनि अघिल्लोको तुलनामा योपटक माओवादीप्रति जनताको दृष्टिकोण फरक पाएको अनुभूति गरे ।
‘०७९ को तुलनामा अहिले धेरै फरक आएको छ । एक त माओवादीले १८ महिना सरकारमा बस्दा उसले भ्रष्टाचार, सुशासन, मिटरब्याजी समस्या समाधानमा पहल गर्यो । लोडसेडिङ अन्त्यका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो । यी तमाम कुराले गर्दा अरु पार्टीभन्दा माओवादी पो राम्रो भन्नेखालको भान अहिले भइराखेको छ’, मतदाताका मनोविज्ञानबारे महर्जनले भने ।
अहिले नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धनका आधारमा बनेको सरकारले भ्रष्टाचारलाई बढावा दिएको माओवादी केन्द्रका उम्मेदवार महर्जन बताउँछन् । ‘नेपाली कांग्रेस, नेकपा एमाले भ्रष्टाचारमा झन् लिप्त भएको अहिलेको परिस्थिति छ । एमाले–कांग्रेसप्रति विरक्त भएको जनता अहिले माओवादीतिर आकर्षित भएको मैले पाएको छु,’ उनले भने, ‘साथसाथै माओवादीको धेरै फ्याक्सनको कारणले पहिला जित्न नसकेको हो । त्यो फ्क्यासन अहिले एक ठाउँमा आएको छ । साथै अन्य दलहरूले पनि मलाई समर्थन गर्न आइराख्नु भएको छ ।’
अहिले नेपाली कांग्रेसप्रति पनि जनता विरक्त भएको जनाउँदै माओवादी केन्द्रका उम्मेदवार महर्जनले भने, ‘एमालेको पनि सरकार हेरियो । कांग्रेसको सरकार पनि हेरियो । अब माओवादीको पालो भन्ने कुरा सबैले महसुस गरेका छन् । त्यसकारण मैले जित्छु भन्ने मलाई लागिरहेको छ ।’
०७९ को निर्वाचनमा माओवादीको प्राविधिक गल्तीले सोचे अनुरुपको मत नआएको दाबी गर्दै उनले त्यतिबेला आफूहरूको प्राविधिक मिस्टेक भएको जिकिर गरे । ‘त्यतिबेला माओवादीले तीन वडा छोडेको थियो । मेयर माओवादी केन्द्रलाई दिने, वडा कांग्रेसलाई दिने भनेर आन्तरिक छलफल भएको तर त्यो कार्यान्वयन भएन,’ महर्जनले भने ।
त्यसअघि एमाले नेतृत्वमा स्थानीय सरकार रहेको र जनता एमालेप्रति असन्तुष्ट रहेको उनको भनाइ थियो । तीन वडा छोडेपछि माओवादीले जित्दैन क्यारे भन्ने भ्रम परेकाले एमालेलाई हराउन सबैले कांग्रेसलाई मत दिएको उनले बताए ।
अहिले नेपाली कांग्रेसप्रति पनि जनता विरक्त भएको जनाउँदै माओवादी केन्द्रका उम्मेदवार महर्जनले भने, ‘एमालेको पनि सरकार हेरियो । कांग्रेसको सरकार पनि हेरियो । अब माओवादीको पालो भन्ने कुरा सबैले महसुस गरेका छन् । त्यसकारण मैले जित्छु भन्ने मलाई लागिरहेको छ ।’
आफू निर्वाचित भएको खण्डमा सेवासुविधा केही नलिने घोषणा गरेका उनले व्यवस्थित र भ्रष्टाचारमुक्त कीर्तिपुर नगरपालिका बनाउनका लागि उम्मेदवारी दिएको बताए । कीर्तिपुरको बाटोघाटो, पानी, पुलेसो, खेल मैदान लथालिंग अवस्थामा रहेकाले निर्वाचित भएपछि नमुना र व्यवस्थित नगरपालिका बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
महर्जनले निर्वाचित भएको खण्डमा कीर्तिपुरको सामाजिक सुरक्षा, खेलकुद एवं रोजगारीको व्यवस्था, स्वास्थ्य सेवा क्षेत्र, शिक्षा व्यवस्था, नगरपालिकाको न्यायसेवा, कीर्तिपुरको सांस्कृतिक सम्बर्द्धन, सरसफाइ तथा फोहर व्यवस्थापन, सुशासनको विषय, पर्यटन प्रवर्द्धन, आर्थिक तथा विकास निर्माण, शुद्ध खानेपानी व्यवस्थापनको क्षेत्रमा विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनद्वारा एकैदिन तीनवटा रकेट इन्जिन इग्निशन परीक्षण पूरा
-
नेपाली र दक्षिण कोरियाली कविता वाचन
-
नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अध्यापन गरेको आरोपमा काभ्रे उमाविका शिक्षक पक्राउ
-
१० बजे १० समाचार : देउवालाई ८० सांसद देखाएर फकाउने प्रचण्डको दाउ, सुदूरपश्चिममा एमालेलाई धक्का
-
वडाध्यक्षले फेसबुकमा लेख्दा मेयरले स्पष्टीकरण सोधेपछि....
-
ईप्रका रामपुरका इन्स्पेक्टर ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित