एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
वासिङटन डीसी । अमेरिकी खर्वपति व्यापारी एलन मस्कले यो महिनाको शुरुमा आफ्नो विद्युतीय सवारी साधन बनाउने कम्पनी टेस्लाले स्मार्टफोन ल्याउने हल्ला फेरि पिटाएका छन् । कमेडियन जो रोगनसँग रोगनको पोडकाष्टमा मस्कले टेस्लाले स्मार्टफोन बनाउन सक्ने तर जरुरी भयो भने मात्रै कम्पनीले यो काम गर्ने भनेर संकेत गरे ।
एप्पल र गूगल स्मार्टफोन बजारमा गेट पाले नै भइरहे भने चाँहि टेस्ला स्मार्टफोन ल्याउनेबारे आफूले विचार गर्न सक्ने उनको भनाइ थियो । ‘यदी एप्पल र गूगल-एन्ड्रोइडले नराम्रा काम गर्न थाले भने, जस्तै, मलाई थाहा छैन, एपहरूमा सेन्सर लगाउने वा गलत तरिकाले गेट पालेको जस्तै व्यहोरा देखाउन थाले भने मलाई लाग्न कि हामीले फोन बनाउनेछौं,’ रोगनलाई मस्कले भने ।
यसो भनिरहँदा मस्कले स्मार्टफोनको क्षेत्रमा एप्पल र गुगल गेटपाले हुन् भनेर यूरोपेली संघ (ईयू)ले सुनाएको फैसलाaलाई उद्धृत गरेको पनि हुनसक्छ । गलत अभ्यासका लागि ईयूले दुबै कम्पनीलाई भारी जरिवानान लगाएको छ । यी कम्पनीका यस्ता व्यवहारले साना कम्पनी, डेभलपरहरूलाई क्षति पुगेको छ भने उपभोक्ताहरूको रोज्न सक्ने विकल्प साँघुरिएको छ । तर उनको कम्पनी अहिले स्मार्टफोन बनाउन इच्छुक छैन । आफूले गर्नै पर्ने नभएसम्म यो आफूले गर्न चाहेको कुरा नभएको पनि मस्कले स्पष्ट पारेका थिए ।
यतिबेला सबैभन्दा ठूलो प्रश्न चाँहि मस्कको टेस्ला स्मार्टफोन बनाउन सक्षम छ भन्ने हो ?
आवश्यक पर्यो वा जरुरी नै भयो भने टेस्लाले फोन बनाउन सक्ने मस्कको भनाइ छ । उनले एप्पलको आइफोन र गुगलको एन्ड्रोइडबाट चल्ने फोनसँग प्रतिस्पर्धा गर्न सक्ने फोन बनाउन चाहिएको कुरा कम्पनीसँथ भएको उनले भनेका छन् । अहिले टेस्लाको कारमा राखिएको इनफोटेनमेन्ट सिष्टमले कयौं एप र गेम्समा पहुँच दिनेमा उनी ढुक्क छन ।
एन्ड्रोइड वा आईओएसमा नचल्ने मोबाइल अपरेटिङ सिष्टम बनाउन भने कम्पनीले केही कसरत गर्नु पर्नेछ । टेस्लाले अहिलेकै साझेदारहरूको मद्दतले सहजै चिप समेतका हार्डवेयर बनाउन सक्छ । फोनका लागि चाहिने ब्याट्री पनि टेस्ला पावरले बनाइदिन सक्छ ।
स्पेश एक्सको स्टारलिंक सेटलाइट सेवाको उपयोग गरेर मस्कले आफ्नै सेलुलर सेवा शुरु गर्न सक्छन् । एप्पलले आइफोनमा उपलब्ध सेटलाइट सेवामार्फत एमर्जेन्सी एसओएस चलाइरहेको छ । मस्कको स्पेश कम्पनीसँग कयौं सेटलाइट भएकोले उनले सेटलाइटमा आधारित सञ्चारमा एप्पल वा अन्य मोबाइल ब्रान्डको भन्दा राम्रो काम गर्न सक्छन् ।
राम्रोसँग चल्ने स्मार्टफोनका लागि मस्कसँँग आवश्यक कयौं उपर्युुक्त सामाग्री होला, यी फोनले आइफोन वा पिक्सेललाई कडै टक्कर पनि दिन सक्लान् । तर कुनै पनि भन्न सहज छ, गर्न कठीन । डेभलपरहरूले सीमित समर्थन गर्दा वा उपभोक्ताहरूले कम प्रयोग गर्ने गर्दा आईओएस वा एन्ड्रोइडमा नचल्ने फोनले कयौं चुनौतीको सामना गर्नु पर्ने हुन सक्छ ।
माइक्रोसफ्टले पनि त आफ्ना फोन ल्याएको थियो । तर, वर्षौसम्म यसले डेभलपरहरूलाई आफ्नो लागि एप बनादेउ भनेर मनाउन गरेको संघर्ष त हामीमध्ये धेरैलाई थाहै छ । यसमा एमाजनको पनि उदाहरण दिन सकिन्छ । अरु त अरु मस्कले फोन ल्याए नै भने मानिसहरूको मनमा उनको जस्तो छाप परेको छ यसलाई पन्छाएर उपभोक्ताहरूको विश्वास कमाउन पनि उनलाई गाह्रै पर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
-
राष्ट्रपति, उपराष्ट्रपति र सभामुख भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किनु पश्चगामी : न्यौपाने
-
पाँचौँ खेलमा भारतलाई हराउँदै अस्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा
-
धोविखोलामा खस्यो कार
-
रास्वपाको केन्द्रीय समिति बैठक जारी
-
सर्वेन्द्र खनालले छाडे नेकपा एमाले