पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
काठमाडौं । ३१ वर्षदेखि निरन्तर नेपाली ग्राहकको सेवामा समर्पित जस्मिन पेन्ट्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई आफ्नो सद्भावनादूत नियुक्त गरेको छ । कम्पनीले आफ्नो बजार प्रवर्द्धनका लागि यसअघि नेपालका चर्चित कलाकारलाई समेत सद्भावना दूत नियुक्त गरिसकेकामा पछिल्लो समय नेपाली खेल क्षेत्रको विकास र युवाहरुको चाहना र भावना लाई मध्यनजर गर्दै नेपाली क्रिकेटले आफ्नो उत्कृष्ट प्रभुत्व जमाउन सकिरहेको अवस्थामा खेल र खेलाडीलाई समेत थप प्रोत्साहन गर्ने उदेश्यका साथ खड्कासँग सहकार्यकालागि हातहरु अगाडी बढाएको निर्देशक सौगात अर्यालले बताए ।
अर्यालले विज्ञप्तिमार्फत भनेका छन्, ‘उहाँ (पारस)संग गरिएको यस सहकार्यले नेपाली खेलकुदका साथ(साथै हाम्रा उत्पादनहरुलाई प्रवर्द्धन गर्न र बजारीकरण बिस्तारका निमित्त थप टेवा पुग्ने अपेक्षा गरेका छौं । हामी बिचको यस सहकार्यले हाम्रा सम्पूर्ण ग्राहक महानुभावहरु तथा खेल प्रेमी नेपालीहरुको चाहना र भावनाको कदर गरेको महसुस भएको छ । यस सहकार्यले हाम्रा उत्पादनहरु स्वदेशी रुपमा मात्र परिचित नभई अन्तराष्ट्रिय स्तरमा नै परिचित हुनेमा बिस्वास लिएका छौं । उहाँसंगको यस सहकार्यले हाम्रा उत्पादनहरु प्रति ग्राहक बर्गहरुको विश्वास बढ्नेमा आशावादी छौं ।’
जस्मिले विगत ३१ वर्षदेखि “नेपाली मनको नेपाली रङ्ग’’ स्लोगन बोकेर नेपाल रंगाउदै आएको छ । यो कम्पनी नेपाली पेन्ट्स कम्पनीमध्ये कै नम्बर १ पेन्ट्सको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत कम्पनीले अझ जिम्मेवार वहन गरि २१ औं शताब्दीका चुनौतीलाई सामना गर्न सक्ने नवीनतम सोच र प्रविधिका साथ उत्कृष्ठ र गुणस्तरीय उत्पादनहरु नेपाली बजारमा पुर्याइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?