हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी

काठमाडौं । विद्रोही हिजबुल्लाह समूहसँग युद्धविरामको सम्झौता भएसँगै लेबनानमा नागरिकहरु गोलाबारीले तहसनहस भएका घरमा फर्किएका छन् । इजरायली हवाई हमलाका कारण विनाश भएका भवन संरचनामा नागरिक फिर्तिका तस्विरहरु हालै सार्वजनिक भएका हुन् ।
बेलायती समाचार संस्था बीबीसीका अनुसार बेरुतमा विस्थापितले भरिभराउ सबैभन्दा ठूलो विद्यालय परिसर अहिले खाली जस्तै भएको छ । जो एक खेल मैदानमा खेलिरहेका केही बालबालिका र वरपर बस्ने केही व्यक्तिहरुबाहेक खालीप्राय देखिन्छ ।
त्यहाँ आश्रय लिएर बसेकामध्ये एकै विहान मात्रै ८० प्रतिशतभन्दा बढी नागरिक आफ्नो पुरानो बासस्थान फर्किएका बताइएको छ । यता, इजरायलले जबसम्म हिजबुल्लाह यो युद्धविराम उल्लंघन गर्दैन तवसम्म यसैमा कायम रहने बताएको छ ।
सरकारका प्रवक्ता डेभिड मेन्सरले युद्धविरामको कुनै पनि उल्लंघन क्षम्य नहुने र जसमा कुनै हदसम्मको प्रतिवाद हुने बताएका छन् । हिजबुल्लाहले आफुहरुको सीमा क्षेत्रमा आतंकवादी कुनै पनि गतिविधि अघि बढाए आफ्नो रक्षा आफैंले गर्न आफुहरु तयार रहेको उनको हवाला दिँदै बीबीसीले उल्लेख गरेको छ । यो युद्धविरामसँगै गाजामा हमासको प्रभाव समेत कम भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र
-
८ बर्षपछि अभिनयमा फर्किँदै सुशांक
-
अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान खेलाडी सम्मानित
-
प्रेस सेन्टरको उपमहासचिवमा लक्ष्मी आचार्य निर्विरोध
-
हुलदङ्गाका कारण भएका क्षतिको बीमा दाबीलाई यथाशक्य छिटो फर्छ्यौट गर्न निर्देशन
-
पाँचपटकको च्याम्पियन चेन्नई र पहिलो संस्करणको विजेता राजस्थान आपसमा भिड्दै