यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न माग गरेको छ । बुधबार रास्वपाको केन्द्रीय यातायात विभागले विज्ञप्ति जारी गर्दै यातायात तथा ढुवानी व्यवसायीहरूले तिर्नुपर्ने स्थानीय करलाई वैज्ञानिक ढंगले निर्धारण गरी यातायात व्यवसायीहरूलाई प्रोत्साहित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हो ।
‘देशभर विभिन्न पालिकाहरूले गैरकानुनी रूपमा सडकमा कर उठाइरहेको भनी यातायात व्यवसायीबाट गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन समेत भएको थियो तर यो क्रम रोकिएको छैन । विशेष गरी स्थानीय सरकारले देशका विभिन्न राजमार्ग तथा सहायक राजमार्गहरुमा अवैध रूपमा कर उठाउँदै आएका छन्,’विज्ञप्तिमा भनिएको छ,‘बारम्बार यातायात व्यवसायीहरूले करको विरोध गर्दै आए पनि सडकमा कर उठाउने कार्य अझै रोकिएको छैन । यस्तो स्वरोजगारमा लागेका व्यवसायी तथा उद्यमीहरूलाई निरुत्साहित मात्र गरेको छैन, स्थानीय उत्पादनहरूको मूल्य तथा ढुवानी खर्च बढाएको छ ।’
रास्वपाले स्थानीय निकायहरूबाट भइरहेको गैरकानुनी तथा जनविरोधी क्रियाकलापहरू तत्काल बन्द गराउन सरकारसँग माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म