क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिद्वारा वैद्यको दस्ताबेज अनुमोदन

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन आयोजक समितिको बैठकले संयोजक मोहन वैद्यले पेस गरेको राजनीतिक दस्ताबेज अनुमोदन गरेको छ । बुधबार केन्द्रीय कार्यालय कुपोण्डोलमा बसेको समितिको बैठकले वैद्यको राजनीतिक दस्ताबेजसहित संगठनात्मक प्रतिवेदन, मञ्च व्यवस्थापन, महाधिवेशन व्यवस्थापनसम्बन्धी प्रतिवेदन अनुमोदन गरेको हो । बिहीबारदेखि १० दिनसम्म सञ्चालन हुने एकता महाधिवेशन तयारीका लागि समितिको अन्तिम बैठक बसेको प्रचार विभाग प्रमुख हुकुम सिंहले बताए ।
‘आयोजक समितिको बैठकले संयोजकले पेस गर्नुभएको राजनीतिक दस्ताबेज सर्वसम्मतले पास गरेको छ । यस्तै मञ्च व्यवस्थापन, अतिथि व्यवस्थापन, महाधिवेशन व्यवस्थापनसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ’, रातोपाटीसँग उनले भने, ‘भोलि दिउँसो १ बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । शुक्रबारबाट कीर्तिपुरको ठुलो हलमा बन्दसत्र सुरु हुनेछ ।’
यद्यपि वैद्यको दस्ताबेजमा विमति नभएपनि माओवादी विचारधार, जनयुद्धलाई हेर्ने दृष्टिकोणमा नेकपा मसालबाट आएका समूहले असहमति राखेको छ । महाधिवेशनमा सहसंयोजक समेत रहेका मसाल समूहका नेता सन्तबहादुर नेपालीले फरक प्रस्ताव पेस गर्ने बुझिएको छ । विचारको बहस र संश्लेषणबारे १५ वटा छुट्टा छुट्टै प्रस्ताव ल्याउने तयारी भएको अर्का एक सदस्यले बताए ।
महाधिवेशनमा देशभरिबाट झण्डै साढे पाँच सय प्रतिनिधि काठमाडौँ आएका छन् । उद्घाटन समारोहअघि दिउँसो १२ बजे शान्तिबाटिका र त्रिपुरेश्वरबाट आएको जुलुस धरहरा अगाडि जम्मा भएर भूगोल पार्कतर्फ अगाडि बढ्ने कार्यक्रम रहेको छ । सभालाई वैद्यले सम्बोधन गर्नेछन् । सहसंयोजक नेपालीले अध्यक्षता गर्ने, नेता सीपी गजुरेलले स्वागत मन्तव्य दिने र प्रवक्ता हेमन्तप्रकाश वलीले कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका रहेको छ । महाधिवेशनमा अतिथिको रूपमा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपाका अध्यक्ष ऋषि कट्टेल, लोकनारायण सुवेदी, वैज्ञानिक समाजवादीका अध्यक्ष विश्वभक्त दुलाल आहुतिलाई आमन्त्रण गरिएको छ । कांग्रेस, एमाले, माओवादी लगायत ठुला दलहरूलाई नबोलाइएको सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरी कारागारबाट कैदी फरार
-
कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देन सहभागी
-
गभर्नर नियुक्ति मापदण्डसम्बन्धी रिट आज पनि हेर्न नभ्याइने
-
माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन
-
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव
-
चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने