मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न प्रधानमन्त्रीको निर्देशन
बुधबार, १२ मङ्सिर २०८१, १८ : २९
![मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न प्रधानमन्त्रीको निर्देशन](https://npcdn.ratopati.com/media/news/kp-oli_gFWjy9XLzf.jpg)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न निर्देशन दिएका छन् ।
बुधबार सिंहदरबारमा आयोजित सबै मन्त्रालयको प्रथम त्रैमासिक समीक्षा छलफलमा प्रधानमन्त्री ओलीले सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि गम्भीरताका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।
छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सबै मन्त्रालयहरूबाट एकीकृत रूपमा प्रस्तुतीकरण भएको र मन्त्री तथा सचिवहरूले आफ्ना मन्त्रालयका बारेमा कुरा राखेको बताए ।
मन्त्रालयको प्रगति विवरण सुनेपछि प्रधानमन्त्रीले झन् गतिका साथ अघि बढ्न निर्देशन दिएको मन्त्री पाण्डेले बताए । उनले केहि सुधार गरेर अघि बढ्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकन क्लब मोन्टेरीमा आबद्ध भए रियल म्याड्रिडका पूर्वखेलाडी सर्जियो रामोस
-
रेबिज लागे मृत्यु पक्का !, जोगिन के गर्ने ?
-
भूमि आयोगको जिल्ला समितिमा १११ जनाको मनोनयन
-
अर्को अमेरिकी विमान सम्पर्कविहीन
-
पत्रकार महासंघलाई नमागेको सल्लाह
-
प्रधानमन्त्रीको निर्णय नेपाल चिकित्सक संघद्वारा स्वागत, आवासीय चिकित्सकको तलब ४८ हजार