सट्टेबाजी आरोपमा पक्राउ परेका राईले ७५ वटा बैंक खाता खोलेको खुलासा
_hNAhlPooZp.jpg)
काठमाडौँ । वानएक्स वेट मार्फत सट्टेबाजी गराएको आरोपमा प्रहरीले ललितपुरबाट एक जनालाई पक्राउ परेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–१ मा बस्दै आएका पाँचथर घर भएका सुनिल राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई जानकारी दिए ।
अनुसन्धानका क्रममा राईले ५५ करोड आर्थिक कारोबार गरेको भेटिएको एसपी आचार्यले बताए । आरोपी राई वान एक्स बेटको एजेन्ट रहेको र उनले सट्टेबाजी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका राईले विभिन्न व्यक्तिको नामका नागरिकता प्रमाणपत्र प्रयोग गरी ७५ वटा बैंक खाता खोलेको र सोही खाताको केवाईसी फर्ममा आफ्नै फोटो टाँसेर डेबिट अमाउन्ट कारोबार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
साथै राईले फरक फरक व्यक्तिको नामबाट १२८ वटा इसेवा वालेट खोली सोहीमार्फत फरक फरक डिभाइस प्रयोग गरेर कारोबार गरेको प्रहरीले जनाएको छ । राईले २५ वटा भन्दा बढी जिमेल आइडी खोली वान एक्स वेटमा प्रयोग गर्नुका साथै विभिन्न स्थानमा कोठा लिएर हुलिया परिवर्तन गर्दै बेटिङ खेल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार राइको साथबाट विभिन्न कम्पनीका २ वटा ल्यापटप, मोबाइल सेट ८, एनसेलका सिमकार्ड ८०, एनटीसी सिमकार्ड ५, वाइफाई राउटर २ थान, विभिन्न व्यक्तिका नागरिकता ११ वटा, राहदानी १५ वटा, विभिन्न व्यक्तिको नाममा रहेका बैंक खाताका चेकबुक २२ थान, ४२ वटा एटीएम कार्ड र एउटा मोटरसाइकल बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वहरूले राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएका छन् : सभापति देउवा
-
‘महाशिवरात्रि पर्वले नेपालीबिच आपसी सद्भाव बलियो बनाउँछः सभामुख घिमिरे
-
आज यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
अमेरिका र युक्रेन खनिज सम्झौताका लागि सहमत, ट्रम्पले जेलेन्स्कीलाई किन बोलाए वाशिंटन ?
-
पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय : राष्ट्रपति पौडेल
-
महाशिवरात्रिको दिन आज कसलाई कति लाभ ? हेरौँ राशिफल