सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको तेस्रो दिन तोरण शीर्ष स्थानमा कायमै

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर–२०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन बुधबार तोरणविक्रम शाही समग्रमा ११–अन्डर दुई सय पाँच स्कोरसहित शीर्ष स्थानमा कायमै रहेका छन् । उनले बुधबार एक–अन्डर ७१ को स्कोर निकाले ।
उनले एमेच्योरद्वय सदभाव आचार्य र राहुल विकेलाई चार स्ट्रोकले पछि पार्दै उपाधि जित्ने सम्भावना पनि बलियो बनाएका छन् । एमेच्योरद्वय सदभाव र राहुल ५४–होलको समाप्तिमा सात–अन्डर दुई सय नौ स्कोरसहित संयुक्त रुपमा दोस्रो स्थानमा छन् ।
गोकर्ण गल्फ क्लबमा बुधबार साविक विजेता सदभावले उत्कृष्ट कार्ड निकाले । ६–अन्डर ६६ को प्रदर्शनमा उनी दोस्रो स्थानमा उक्लिए । राहुलले दुई–अन्डर ७० को स्कोर बनाए । धरानका प्रो निरज तामाङले एक–अन्डर ७१ को स्कोर जोडे । समग्रमा चार–अन्डर दुई सय १२ स्कोरसहित उनी चौथो स्थानमा उक्लिए ।
नेपाल नम्बरएक भुवन नगरकोटीले पाँच–ओभर ७७ को खराब प्रदर्शन गरे । यो प्रदर्शनमा उनी समग्रमा एक–अन्डर दुई सय १५ स्कोरसहित पाँचौँ स्थानमा झरेका छन् । जयराम श्रेष्ठले बुधबार एक–अन्डर ७१ को स्कोर गरे । उनी समग्रमा ईभन–पार दुई सय १६ स्कोरसहित छैटौँ स्थानमा छन् ।
यसैगरी, समग्रमा दुई–ओभर दुई सय १८ स्कोरसहित रवि खड्का, कृष्णमान राजबाहक, राजेन्द्र थापा मगर र सुनिल केसी संयुक्त रुपमा सातौँ स्थानमा रहे । रवि र कृष्णमानले समान एक–अन्डर ७१ मा तेस्रो दिनको खेल टुंग्याए । राजेन्द्रले दुई–ओभर ७४ खेले ।
चार दिनसम्म चल्ने प्रतियोगिताको कुल नगद पुरस्कार राशी आठ लाख ८२ हजार रुपैयाँ रहेको छ । विजेताले एक लाख ५० हजार, दोस्रो हुनेले एक लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । शीर्ष २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी
-
महाशिवरात्रिका तीनवटै फिल्मको बुकिङ खुल्ला, कसले कति पाए शो ?