अदालत
दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला
बुधबार, १२ मङ्सिर २०८१, १७ : २६

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ।
न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको यो आदेशपछि उनी थुनामै रहने भएका छन् ।
प्रसाईंको हकमा छोरा निरज प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा प्रसाईंलाई उपस्थित गराउने आदेश भएको थियो ।
प्रसाईंलाई यसपटक साइवर अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ गरिएको हो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत भ्रम फैलाएको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गर्दै जिल्ला अदालत काठमाडौँबाट अनुसन्धानका लागि म्याद थप गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा चिसोका कारण दुई हप्तामा छ बालबालिकाको मृत्यु
-
क्यानडाले रुसी तेल ट्याङ्कर र जहाजहरूमा लगायो नयाँ प्रतिबन्ध
-
पठन पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन
-
विपक्षी प्रशिक्षकको घाँटी न्याकेपछि मेस्सीलाई जरिवाना
-
महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा भक्तजनको भीड (तस्बिरहरू)
-
रोनाल्डोको गोल वर्षा जारी