समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने मन्त्रीको चेतावनी
सुर्खेत । कर्णाली प्रदेशमा ठेक्का लिएर काम अलपत्र पार्ने ठेकदारका कारण आलोचना हुन थालेपछि सरकार ठेकेदारविरुद्ध एक्सनमा उत्रिएको छ । कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले समयमा काम नगर्ने ठेकदारलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।
मन्त्री बुढाले जाजरकोटमा ठेक्का लिएर अलपत्र पार्ने अमर सिस्ने जेभी नेपालगञ्ज–२ बाँके, पीएस निर्माण सेवा नौवस्ता–८ बाँके र वीरेन्द्र अमर निर्माण सेवा खरिचन्द्रपुर–३ बर्दियाका प्रतिनिधिलाई बुधबार मन्त्रालयमै बोलाएर चाँडो काम सक्न चेतावनी दिएका छन् । यदि समयमा काम नगरे कानुनी कारबाही गरिने उनको भनाइ थियो ।
ती कम्पनीहरूलाई पटक–पटक काम गर्न आग्रह गर्दा पनि नटरेपछि अन्तिम पटक मन्त्रालयमै बोलाएर चेतावनी दिइएको मन्त्री बुढाले बताए ।
बुढाले आफ्नै संयोजकत्वमा निर्माण व्यवसायी, सरकार र आयोजना रहेको प्रमुख जिल्ला अधिकारीलाई अन्तिम पटक छलफल गरिएको बताए ।
‘जनताको सेवाका लागि सरकारले विकास निर्माण गर्ने जिम्मा निर्माण व्यवसायीलाई दिन्छ । तर अनेक बहानामा उहाँहरुले काम अलपत्र पार्दा जनताले दुख पाइरहेका छन् भने सरकारले गाली खाइरहेको छ,’ उनले भने, ‘अब आयोजना अलपत्र पार्ने छुट नभएकोले काम नगर्ने कम्पनीलाई कानुनी प्रक्रियामा गएर कारबाही गरिन्छ ।’
मुख्यमन्त्री यामलाल कँडेलले निर्माण कम्पनीलाई काम गरे बजेटको कुनै समस्या नरहेको तर निर्माण व्यवसायीले नै काम ढिला गरेको बताइरहेका छन् ।
निर्माण व्यवसायीले काम गरे भुक्तानीमा कुनै समस्या नरहेको मन्त्री बुढाले पनि बताए ।
हालसम्म कुनै पनि निर्माण व्यवसायीको काम गरेर भुक्तानी रोकिएको रेकर्ड मन्त्रालयमा नभएको उनको भनाइ छ ।
अब मन्त्रालयले नियमित रूपमा निर्माण व्यवसायी र जिल्लाका कार्यालय प्रमुखसँग छलफल गरी समस्या र त्यसको समाधानको उपाय खोजेर विकास निर्माणको कामलाई तीव्रता दिइने बुढाले बताए ।
छलफलमा निर्माण व्यवसायीले समयमा काम नगरे कानुनी सजाय भोग्न तयार छु भनेर निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट
-
पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै
-
पर्साबाट सुनसहित एक जना पक्राउ
-
महसुल नतिर्ने उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्राचार