कीर्तिपुरमा सहयोग गर्ने विषयमा रास्वपाभित्र तीनथरी मत

काठमाडौँ । मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा स्वतन्त्र उम्मेदवारमध्ये कसलाई सहयोग गर्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र तीनथरी मत देखिएको छ । सोही कारण हालसम्म कसैलाई पनि सहयोगको घोषणा गर्न नसकिएको रास्वपा एक नेताले बताए ।
रास्वपाले स्वतन्त्र उम्मेदवार राजमान महर्जन वा नवरथकुमार बानियाँमध्ये कसलाई सहयोग गर्ने भन्ने टुंगो लगाउन नसकेको ती नेताले बताए । पार्टी नगर समितिलाई निर्णय गर्ने अधिकार दिएपनि नगर समितिनै दुई धारमा विभाजित भएको उनको भनाई छ ।
‘नगरलाई काम गर्न दिएको विभाजित भयो । जिल्ला संयोजक त्यही क्षेत्रको बासिन्दा भएपनि बिरामी भनेर चुपचाप बस्नुभएको छ‚’ ती नेताले भने‚ ‘नगर मानवजी र बानियाँ दुबैतर्फ विभाजित भएको छ ।’
सोही अवस्था पार्टी केन्द्रमा पनि देखिएको छ । त्यसैले पार्टी हाल तीन पक्षबाट बहस गरिरहेको छ । पहिलो सरसफाइ अभियन्ता राजमान महर्जनलाई सहयोग गर्ने । दोस्रो‚ प्राडा नवरथकुमार बानियाँलाई सहयोग गर्ने ।
र‚ तेस्रो कसलाई सहयोग गरेको बाहिर सार्वजनिक नगर्ने र नगरमा पार्टीप्रति आस्था राख्नेहरूलाई जता मत हाले पनि स्वतन्त्र छाड्दिने । ‘जसरी विभाजन बढ्दै गएको छ यो हेर्दा तेस्रो विकल्पमा जाने अवस्था देखिन्छ‚’ ती नेताले भने । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि पार्टीले उम्मेदवार नउठाएर स्वतन्त्रलाई सहयोग गर्ने बताइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनमा सहभागी शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते
-
तस्बिरमा हेर्नुहोस् कास्कीको पर्यटकीय गाउँ घान्द्रुक
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार
-
पहिरोले घरबारविहीन बनेका छितिजको परिवारलाई नयाँ घर
-
अछामको साँफेहाट बजारमा भीषण आगलागी, १० वटा पसल पूर्ण रूपमा नष्ट