चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने
![चितवनमा मंगोलियन हर्टले कन्सर्ट गर्ने](https://npcdn.ratopati.com/media/news/df09d27c-fa0b-4660-aa36-a69b8e8f7ac0_I8F3mSBHDW.jpg)
काठमाडौँ । चर्चित सांगीतिक ब्याण्ड ‘मंगोलियन हर्ट’ले चितवनमा कन्सर्ट गर्ने भएको छ । गत मंसिर ७ देखि सुरु भई आगामी १७ गतेसम्म चल्ने ‘सांस्कृतिक तथा व्यापार महोत्सव २०८१’मा ब्याण्डले सांगीतिक प्रस्तुति दिने भएको हो ।
ब्याण्डको कन्सर्ट मंसिर १४ रत्ननगरको सौराहा चोकको बसपार्कमा हुनेछ । जसमा मंगोललियन हर्टले आफ्नो लोकप्रिय गीतसंगीत प्रस्तुत गर्नेछ । कन्सर्टमा गायक लामाको नेतृत्वमा अन्य कलाकारको समेत प्रस्तुति दिने महोत्सवका कलाकार व्यवस्थापक जीवन नेपालले जानकारी दिए । युवापुस्तामा लोकप्रिय ब्याण्ड मंगोलियन हटको कन्सर्ट साँझ ५ देखि ९ बजेसम्म चल्नेछ ।
महोत्सवको उद्देश्य स्थानीयलाई सांगीतिक मनोरञ्जन दिलाउनेको अलवा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र अन्य आर्थिक महत्वका क्षेत्रहरूको आधुनिकीकरण र वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण रहेको आयोजक समितिका संयोजक सञ्जय लोप्चन तामाङले बताए । महोत्सवमा करिब २ सय स्टल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकार विवाद : सहमति नभएपछि पुनः आन्दोलनको घोषणा
-
‘मेक्सिको खाडी’ अबदेखि हुने भयो ‘अमेरिका खाडी’
-
देशमा इमानदारिताको खडेरी लाग्यो : सुरेश आले मगर
-
विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छ : सांसद केसी
-
खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग
-
राजनीतिक थिचोमिचोका आधारमा एआईजीलाई राजीनामा गर्न लगाइयो : श्रेष्ठ