नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए
बुधबार, १२ मङ्सिर २०८१, १४ : ४१

काठमाडौँ । सरकारसँग सहमति भएपछि नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किएका छन् ।
सेवा सुविधाको माग गर्दै बिरामीको बहाना बनाएर पाइलटहरू हडतालमा थिए । हडतालका कारण उडान प्रभावित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पाइलटहरूसँग वार्ता गरेका हुन् ।
वार्तापछि पाइलटहरूले उडानमा फर्किने निर्णय लिएको मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार पाइलटले उठाएका सेवा सुविधाका विषयमा वैज्ञानिक आधारमा सम्बोधन गर्ने प्रतिबद्धता मन्त्रालयको तर्फबाट भएको छ । यसमा पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको समन्वयमा काम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’
-
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण
-
धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा
-
उद्योग व्यवसायीलाई नीतिगत कारणले निरुत्साहित गर्नुहुँदैन : अध्यक्ष ढकाल
-
परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
-
आरआर क्याम्पसबाट बोहराले स्ववियु निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने