अर्थ
लाइन नकाट्ने प्राधिकरण बोर्डको निर्णय
बुधबार, १२ मङ्सिर २०८१, १४ : २२

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ ।
बुधवार दिउँसो बसेको बैठकले ऊर्जामन्त्री दीपक खड्काको प्रस्तावलाई पारित गरेको एक सदस्यले जानकारी दिए । मंगलबार विद्युत् नियमन आयोगले प्राधिकरणलाई लेखेको पत्रमा टेकेर ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने प्रस्ताव गरेका थिए ।
बोर्डका दुई सदस्य कपिल आचार्य र भक्तबहादुर पुनले भने फरक मत राखेका थिए । यसअघि कार्तिक २५ गतेको मन्त्रिपरिषद बैठकले टिओडी मिटरका आधारमा १५ दिनभित्र विद्युतको बक्यौता उठाउने निर्णय गरेको थियो ।
त्यसको दुई दिनपछि बसेको प्राधिकरणको बोर्ड बैठकले त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । १५ दिनको समय आज सकिँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्यो एड्भाइजरी
-
वर्षाले कहाँ–कहाँ छ राजमार्ग अवरुद्ध ?
-
काठमाडौँबाट रामेछाप जाँदै गरेको यात्रुवाहक बस रोशीमा दुर्घटना
-
डोमिनिकन गणतन्त्रमा क्लबको छत भत्किँदा १८४ जनाको मृत्यु
-
गाजाको ठुलो हिस्सा कब्जा गरिरहेछ इजरायल, २३ को गयो ज्यान
-
सलमानको ‘सिकन्दर’ले पाउनै छाड्यो दर्शक