क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिको अन्तिम बैठक कुपन्डोलमा

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिको अन्तिम बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय कुपण्डोलमा बैठक सुरु भएको केन्द्रीय सदस्य नारायण पङ्गेनीले जानकारी दिए ।
उनका अनुसार बैठकले बिहीबारबाट सुरु हुने एकता महाधिवेशनको एजेन्डा पारित गर्ने छ । एकता प्रक्रियामा जोडिएका धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत महाधिवेशनबाट अलग भइसकेको छ ।
नेकपा मसालबाट आएका सन्तबहादुर नेपाली समूह सहितको एकता महाधिवेशन गर्न लागिएको हो । महाधिवेशनमा संयोजक वैद्यले एकता, सङ्घर्ष र रूपान्तरण सहितको राजनीतिक प्रतिवेदन पेस गर्ने तयारीमा छन् ।
राजनीतिक कार्यदिशालाई लिएर संस्थापन पक्ष र मसाल पक्षधरबिच मतान्तर रहेको छ । महाधिवेशनमा भाग लिन देशभरबाट साढे पाँच सय प्रतिनिधि राजधानी आउने क्रम जारी रहेको नेताहरूले बताएका छन् ।
बिहीबार शान्तिबाटीका, माइतीघरमा जम्मा भएर र्यालीसहित भूगोल पार्कमा पुगेर उद्घाटन सभामा परिणत हुनेछ । बन्दसत्र मंसिर २३ गतेसम्म त्रिवि हलमा हुने पङ्गेनीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सप्तरी कारागारबाट कैदी फरार
-
कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देन सहभागी
-
गभर्नर नियुक्ति मापदण्डसम्बन्धी रिट आज पनि हेर्न नभ्याइने
-
माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन
-
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव
-
चिकित्सा शिक्षा आयोगको बैठक : निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने