बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्ध लगाउन माग

ढाका । बङ्गलादेशमा हिन्दु संगठन इस्कोनलाई लिएर उच्च अदालतमा निवेदन परेको छ । यस याचिकामा इस्कोनलाई प्रतिबन्ध लगाउन माग गरिएको छ ।
यसबारे बुधबार बङ्गलादेश सरकारले इस्कोनलाई धार्मिक कट्टरपन्थी संगठन भन्दै अनुसन्धान गरिरहेको बताएको छ । इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास ब्रह्मचारीको गिरफ्तारी पछि बङ्गलादेशमा यी सबै घटनाक्रम भएका हुन् ।
चिन्मय कृष्णलाई पक्राउ गरेलगत्तै देखि बङ्गलादेशमा विरोध प्रदर्शन भइरहेको छ । इस्कोनले पनि बङ्गलादेश सरकारको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ । इस्कोनले बङ्गलादेश सरकारलाई सबै धर्मका मानिसहरू मिलेर बस्ने वातावरण बनाउन आग्रह गरेको छ । बङ्गलादेशका विभिन्न क्षेत्रमा हिन्दुहरूमाथि भएको आक्रमणप्रति इस्कोनले चिन्ता व्यक्त गरेको छ ।
बङ्गलादेश इस्कोनका प्रमुख चिन्मय कृष्ण दास प्रभुको गिरफ्तारीप्रति इस्कोनले चिन्ता व्यक्त गर्दै बङ्गलादेश सरकारको निन्दा गरेका छन् । सबै वर्गका मानिसहरू मिलेर शान्तिपूर्ण रूपमा बस्ने खालको वातावरण बनाउन पनि सरकारलाई आग्रह गरिएको छ ।
चिन्मय कृष्ण दास प्रभु बङ्गलादेशमा अल्पसङ्ख्यकको अधिकारका लागि धेरै आवाज उठाएको र सरकारले पनि नागरिकको अधिकारको संरक्षण सुनिश्चित गर्नुपर्ने इस्कोनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको केन्द्रीय महाधिवेशन वैशाख २० र २१ गते नेपालगञ्जमा
-
कैलालीमा प्रहरी प्रमुख विष्टको सरुवा, बाल नरसिंह राणा आउँदै
-
आठ वर्षपछि दिल्लीलाई उसैको मैदानमा हराउने धुनमा कोलकाता
-
रुख काट्ने क्रममा च्यापिएर मृत्यु
-
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
-
‘सिँचाइको अभाव हुँदा किसान चैते धानखेती गर्न आकर्षित भएनन् ’