बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

कीर्तिमानी मूल्यमा बिक्यो माओरी चित्रकला

बुधबार, १२ मङ्सिर २०८१, १४ : ०२
बुधबार, १२ मङ्सिर २०८१

वेलिङ्गटन । न्यूजिल्यान्डमा एउटा लिलामीमा माओरी जनजातिका एक वृद्धको चित्र कीर्तिमानी मूल्यमा बिकेको छ । यो चित्र न्यूजिल्यान्डको इतिहासकै सबैभन्दा मूल्यवान कृति बनेको छ । 

चर्चित स्थानीय चित्रकार चार्ल्स फ्रेडरिक गोल्डीले कोरेको सो चित्रकला उक्त जातीका एक वृद्ध पुजारी ह्वारेकाउरी ताहुनाको थियो । गोल्डीको मृत्यु हुनु भन्दा ९ वर्ष अगाडि सन् १९४७ मा थट्स अफ तोहुङ्गा कोरिएको थियो ।

यसलाई कला समीक्षकहरूले गोल्डीले बनाएको सबैभन्दा उत्कृष्ट कृति भन्छन् । यसमा अनुहारभरि ट्याटु खोपेका एक पुजारी छन् । एउटा लिलामीमा मंगलबार उक्त चित्र ३७ लाख ५० हजार न्यूजिल्यान्ड डलर (२२ लाख अमेरिकी डलर)मा विक्री भएको लिलामी घरले भनेको छ । चित्र कसले किनेको भन्ने चाहिँ खुलाइएको छैन ।

यो न्यूजिल्यान्डको इतिहासको सबैभन्दा महँगो माओरी चित्रकला बनेको छ ।  न्यूजिल्यान्डमा जातीय तनाव चर्किरहेकै समयमा यो खबर आएको हो । 

माओरीहरूले आफ्नो अधिकारमा धक्का पुर्‍याएको भन्दै विरोध गरेपछि हालै त्यहाँको सरकारले एउटा विधेयक फिर्ता गरेको थियो । न्यूजिल्यान्डको कुल जनसंख्यामा माओरी जनजातिको संख्या करीब १८ प्रतिशत छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप