पार्ट-२ मै सकिएला पुष्पाको कहानी ?

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ‘पुष्पा २ः द रुल’ यस वर्षको बहुप्रतिक्षित फिल्म हो । यो फिल्मलाई लिएर दर्शक पूरै उत्साहित छन् । फिल्म कहिले रिलिज होला भनेर दर्शकहरूले कुरेर बसिरहेको स्थितिमा फिल्मका अभिनेता अल्लु अर्जुनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर शेयर गरेका छन् । उनले शेयर गरेको केही समयमै तस्बिर भाइरल भएको छ ।
पुष्पराजको रूपमा फिल्ममा अल्लु शानदार कमब्याकको तयारी छन् । यससँगै उनले फ्यानहरूलाई यो बहुप्रतिक्षित ब्लकबस्टरको अन्तिम क्षणको विशेष झलक पनि दिएका छन् । आफ्नो इन्स्टा ह्यान्डलमा उनले ‘पुष्पा २ः द रुल’को अन्तिम दिन र अन्तिम सटको तस्बिर शेयर गरेका छन् ।
तस्बिरमा टोलीसँगको क्यामेरा ट्रली पृष्ठभूमिमा देखिन्छ । तस्बिरसँगै उनले मुटु छुने क्याप्सन पनि लेखेका छन् । फोटो सेयर गर्दै उनले लेखेका छन्, ‘पुष्पाको अन्तिम दिनको अन्तिम शट । पुष्पाको ५ वर्षको यात्रा पूरा भयो ।’ ल्लुको यो पोष्टपछि अब पुष्पाको कथा ‘पार्ट-२’ मा टुंगिन लागेको अड्कलबाजी चलिरहेको छ ।
अल्लुको यो पोस्ट देखेर फ्यानहरू निकै भावुक भएका छन् । कमेन्ट गर्दै फ्यानहरूले ‘पुष्पा २’ ले पहिलो दिनमै बक्स अफिसमा २०० करोड कमाउने लेखिरहेका छन् । योसँगै ९ दिनअघि रिलिज भएको फिल्मको ट्रेलरप्रति पनि आकर्षण कायमै छ । अहिलेसम्म यो फिल्मको ट्रेलर ७ करोड ९१ लाखभन्दा बढी पटक हेरिएको छ ।
फिल्म डिसेम्बर ५ मा हलमा रिलिज हुँदैछ । यो फिल्मलाई प्रसिद्ध निर्देशक सुकुमारले निर्देशन गरेका हुन् । सुकुमार राइटिङ्सको सहकार्यमा मिथ्री मुभि मेकर्सले यसलाई बनाएको हो । चलचित्रको संगीत टी–सिरिजले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध