बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

बढ्दो चिसो : कस्तो अवस्थामा अस्पताल जाने ?

बुधबार, १२ मङ्सिर २०८१, १२ : २९
बुधबार, १२ मङ्सिर २०८१

काठमाडौँ । पछिल्लो समय चिसो बढ्न थालेको छ ।  चिसो मौसममा फोक्सोको समस्या, छालाको समस्या, रुघाखोकी लगायत समस्या देखा पर्दछन् । जाडो मौसममा विशेष गरी बच्चा, वृद्ध वृद्धा र दीर्घ रोगीमा अल्लि बढी समस्या देखिन्छ ।

चिसोका कारणले समस्या भए पनि कतिपय बिरामी अस्पताल नगई घरमै बस्ने गरेको पाइन्छ ।   के कस्ता स्वास्थ्य समस्या देखिएमा अस्पताल जाने भन्नेबारे कन्सल्टेन्ट फिजिसियन डा. रोशन कुमार झाको सुझाव यस्तो छ :

दम र श्वासको समस्या: जाडो महिनामा सिओपीडी र  अस्थमा बिरामीलार्ई श्वास फेर्न गाह्रो हुने समस्या थपिदिन्छ । जाडोमा श्वास असहज भएको, ज्वरो आएको, खकार आउन थाल्यो वा सास छिटो चल्न थालेको खण्डमा तुरुन्त अस्पताल जानु पर्छ ।

हृदय र दिमागको समस्या: जाडो महिनामा शरीरको रक्तसञ्चारमा समस्या आउन सक्छ । यसले हृदयाघात, प्यारालाइसिस, र स्ट्रोकको सम्भावना बढाउँछ । यदि शरीरमा पीडा, छातीमा कस्सिएर श्वास फेर्न गाह्रो हुने, वा हात/घाँटीमा पीडा सर्ने अवस्था देखिए भने तुरुन्त अस्पताल जानु पर्छ ।

निमोनिया र मृत्युको जोखिमः सिओपीडी र अस्थमा स्वास्थ्य समस्या भएका बिरामी समयमा नै अस्पताल पुग्न नसकेको अवस्थामा निमोनिया हुन सक्छ । यसको उपचार समयमा गर्न नसकेमा मृत्यु पनि हुन सक्छ ।

दीर्घकालीन रोगका बिरामी : यस्ता बिरामीलाई चिसोका कारणले जाडोमा श्वास असहज भएको, ज्वरो आएको, खकार आउन थाल्यो वा सास छिटो चल्न थालेको खण्डमा तुरुन्त अस्पताल जानु पर्छ । दीर्घकालीन रोगका बिरामीहरू, जस्तै क्यान्सर र मुटु रोगीहरूलाई पाँच वर्षमा एक पटक निमोनियाको खोप लगाउनु उपयुक्त हुन्छ ।

बथरोग भएका बिरामीः जाडोमा जोर्नीसँग सम्बन्धी समस्याहरू हुन्छ । जोर्नीमा एक किसिमको तरल पदार्थ हुन्छ । जसलाई ‘साइनोभियल फ्लुड’ भनिन्छ । सो फ्लुड चिसो मौसममा बाक्लो हुन्छ । बाथरोग लागेको मान्छेलाई त्यो चलाउँदा बढी नै पीडा हुने गर्दछ । जोर्नीहरू कडा भएर आउने, हिड्न गह्रो हुने, दुख्ने, सुनिने जस्ता समस्या देखा पर्छ । यस्तो अवस्थामा एक पटक चिकित्सकको सल्लाह लिनुपर्छ ।

छालामा समस्या: जाडो मौसममा छाला सुख्खा हुने गर्दछ । छाला धेरै सुख्खा भएर शरीरबाट धेरै सेता कत्ला निस्कन थालेमा र पीडा महसुस भएमा सङ्क्रमण हुन सक्ने सम्भावना हुन्छ । यस्तो अवस्था अस्पताल पुग्नु पर्छ ।

रुघा र फ्लुको रोकथाम: जाडो महिनामा रुघा र फ्लुको समस्या बढी हुन सक्छ । रुघा र फ्लुको समस्या जटिल जस्तो आफूलाई लागेमा अस्पताल जानुपर्छ । यसकासाथै फ्लुको भ्याक्सिन लगाउनु पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप