बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपालमा हुन्छ वार्षिक ७२ हजार मेट्रिक टन लसुन उत्पादन

खनजोत बिनै लसुन खेती
बुधबार, १२ मङ्सिर २०८१, १२ : १०
बुधबार, १२ मङ्सिर २०८१

काठमाडौँ । नेपालमा वार्षिक रूपमा ९ हजार हेक्टर क्षेत्रफलमा ७२ हजार मेट्रिक टन लसुन खेती हुँदै आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा ९ हजार ५ सय ७० हेक्टर क्षेत्रफलमा लसुन खेती गरिएको थियो । 

सो क्षेत्रफलबाट ७३ हजार ५ सय ६७ सय मेट्रिक टन लसुन उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष ०७८/०७९ मा ९ हजार ९ सय ४३ क्षेत्रफलमा लसुन खेती हुँदा ७४ हजार ७ सय ६३ मेट्रिक टन उत्पादन भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ९ हजार ७ सय ८४ हेक्टर क्षेत्रफलमा लसुन रोपाई हुँदा ७२ हजार ४ सय ९० मेट्रिक टन उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ ।

लसुन खेती हुने क्षेत्रफल र उत्पादनको तीन वर्षे विवरण:

table

कैलाली, कन्चनपुर, बर्दिया लगायतका थारु समुदायमा लामो समयदेखि खनजोत बिनै लसुन खेती गर्दै आएका छन् । पछिल्लो समय देशका विभिन्न स्थानमा यो प्रविधिबाट लसुन खेती गरिन्छ । नेपालका पश्चिम तराई क्षेत्रमा बिन खनजोत नै लसुन खेती हुँदै आएको छ । धान काटिसकेपछि धानको थोस्न (धान काटी सकेपछि बाँकी रहेको जारा) मा लसुन रोपेर बिन खनजोत नै धान खेती गरिन्छ ।

कृषि विज्ञ राम बहादुर केसीका अनुसार यो प्रविधि केहि दशक अघिसम्म पश्चिममा बाँके, बर्दिया, कैलाली, कचंनपुर जिल्लाका थारु समुदायमा प्रचलित थियो । तर हाल काठमाडौँ, रुपन्देही तिर पनि बाँझो खेतमा बिन खनजोत लसुनको खेती गरिन्छ । ‘तराई/मधेशमा धान काटेर थन्काए लगत्तै हिउँदे खेती सुरु हुन्छ।’ उनले भने, ‘धान काटेको खेतमा बिना खनजोत लसुन खेती गर्न सकिन्छ ।’   

केसीले आफ्नो घरायसी प्रयोजनका लागि लसुन रोप्ने भए मलको प्रयोग नगर्दा पनि उत्पादन हुने तर व्यावसायिक रूपमा लसुन खेती गर्ने भए मलको प्रयोग गर्न सकिने उनी सुझाउँछन् । ‘यो प्रविधिमा १.८ के.जी युरिया, २.४ के.जी. डी. ए.पी. र २.२ के.जी. म्युरेट अफ पोटास प्रतिकट्ठा धान काटी सकेपछि लसुन लगाउने खेतमा छरी दिनु पर्दछ ।’ उनी भन्छन्, ‘त्यसपछि खडा बालीमा थप रासायनिक मल दिनु पर्दैन अर्थात् टपड्रेसिंग गर्नु पर्दैन । खेत मलिलो भए रासायनिक मल नराख्दा पनि हुन्छ । पछि खडा बालीमा गहुँत र पानी १ः३ को अनुपातमा राख्दा राम्रो नै हुन्छ ।’

लसुनको लागि जग्गा तयार गरेपछि धानको गाँजको बीचमा पेन्सिल आकारको काठको किल्लाले खोपी बीउका लागि छानेका गानोबाट लसुनको केस्रा बनाइ लगाउनु पर्ने बताए ।

लसुन लगाइसकेपछि राम्ररी पाकेको गोठे मल वा कम्पोष्ट मलको धुलो बनाइ लसुन लगाएको ठाँउमा बाक्लै हुने गरी छरी दिनु पर्ने केसीले बताए । रोपेको लसुनमा मकैको डाँठ, पराल, भुस, सुकेको स्याउला आदिको छापो दिन सकिने बताए । ‘लसुन लगाउँदा माटोमा पर्याप्त चिस्यान हुनु आवश्यक छ ।’ उनी भन्छन्, ‘ गोडमेलका लागि आएका झार उखेली दिए मात्र हुन्छ, कुटो लगाउन पर्दैन । राम्ररी छापो दियो भने झारपातको प्रकोप पनि निकै कम नै हुन्छ । बरु माटोमा चिस्यान कम भए दुई/तीन पटक सिँचाइ गर्नु पर्दछ । गाना तयार भएपछि उखेलेर निकाल्न सकिन्छ, खनिरहनु पर्दैन ।’ नेपालमा हाल लसुन रोपाइँको सिजन हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप