शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

पाकिस्तानमा इमरानका ५०० जना समर्थक पक्राउ

बुधबार, १२ मङ्सिर २०८१, १२ : ०५
बुधबार, १२ मङ्सिर २०८१

इस्लामवाद । इस्लामावादको डी चोकमा जम्मा भएका पीटीआई समर्थकहरूविरुद्ध पुलिस र सुरक्षा बल लगाएर व्यापक कारबाही गरेको पाकिस्तान सरकारले मङ्गलवार बताएको छ । प्रहरीका अनुसार इमरान खानको पार्टीसँग सम्बद्ध करिब ५०० प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । इमरान खानकी श्रीमती बुशरा बीबी बेपत्ता भएको खबरका बिच उनी खैबर पख्तुनख्वा प्रान्तमा भएको खुलासा भएको छ ।

बीबीसी उर्दूका अनुसार पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पेशावरका अध्यक्ष अरबाब नसीमले छिट्टै पत्रकार सम्मेलन गर्ने बताएकी छिन् । अर्कोतर्फ, पीटीआईले आफ्नो प्रदर्शन स्थगित गर्ने घोषणा गरेको छ । यसअघि पीटीआईले बुशरा बीबीलाई विरोध स्थल इस्लामावादको डी चोकबाट अपहरण गरिएको दाबी गरेको थियो ।

बीबीसी उर्दूका अनुसार प्रहरीले अन्धाधुन्ध गोली चलाएको र अश्रु ग्यास प्रहार गरेको आरोप पीटीआईले लगाएको छ । सामाजिक सञ्जालमा केही भिडियो भाइरल भइरहेका छन्, जसमा ठुलो सङ्ख्यामा प्रदर्शनकारी घाइते भएका र केहीको मृत्यु भएको पनि बताइएको छ । रातभरि चलेको रेन्जर्स र प्रहरी कारबाहीको पीटीआईले निन्दा गरेको छ ।

इमरान खानकी पत्नी बुशरा बीबी पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीका समर्थकहरूले गरेको प्रदर्शनका क्रममा प्रहरीले कारबाहीका क्रममा बेपत्ता भएकी थिइन् । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनको पार्टी पीटीआईले मङ्गलवार इस्लामवादमा विशाल प्रदर्शन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप