प्रवेश गर्न भन्दा बाहिरिन महँगो भयो माल्दिभ्स

माले । माल्दिभ्स घुमफिरका लागि विश्वको सबैभन्दा महँगो ठाउँमध्येमा पर्दछ । तर अब भने माल्दिभ्स घुम्न जान मात्रै होइन, छाड्न पनि महँगो भएको छ । डिसेम्बर एकदेखि त्यहाँबाट बाहिरिनेहरूले तिर्नुपर्ने शुल्क बढाएर चौब्बरसम्म पुर्याइएको छ ।
देशबाट बाहिरिन प्रयोग गरेको हवाई सेवाको श्रेणीअनुसार हरेक यात्रीले फरक फरक प्रस्थान शुल्क तिर्नुपर्नेछ । इकोनोमी क्लास प्रयोग गर्नेले तिर्नुपर्ने शुल्क ३० डलरबाट बढाएर ५० डलरमा पुर्याइएकाे छ ।
बिजनेस क्लासका लागि यो शुल्क ६० डलर थपेर १२० डलर कायम गरिएको छ । डिसेम्बर १ देखि फर्स्ट क्लासका लागि प्रस्थान शुल्क २४० डलर र निजी जेटबाट यात्रा गर्नेको लागि प्रस्थान शुल्क ४८० डलर हुनेछ ।
हाल यी दुई शुल्क क्रमशः ९० डलर र १२० डलर रहेको छ । माल्दिभ्सका नागरिकबाहेक त्यहाँ जाने हरेक मानिसलाई यो शुल्क लाग्नेछ ।
कर बढाउने घोषणा नोभेम्बरमै गरिएको थियो । यसबाट उठेको रकम भेलेना अन्तर्राष्ट्रिय विमानस्थलको मर्मत सम्भारलगायतको काममा खर्च हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बन्दै ‘तरल नाइट्रोजन प्लान्ट’ : भवनको डीपीआर बनाउन मात्रै ४० लाख खर्च
-
मानव अधिकारका लागि खोटाङवासीको त्यो सक्रियता
-
सहज छैन सलाहको यात्रा, केन र लेवान्डोवस्कीदेखि एमबाप्पेसम्म छन् दौडमा
-
संविधानको पूर्ण कार्यान्वयनमार्फत पहिचानको मुद्दा सम्बोधन गर्न सकिनेछ : प्रचण्ड
-
ललितपुर महानगरपालिकाले भत्कायो घर-टहरा (तस्बिरहरु)
-
धौलागिरिका दुर्गम गाउँमा पुग्यो सडक