टर्किद्वारा करिब १३ सय अनियमित आप्रवासी पक्राउ
बुधबार, १२ मङ्सिर २०८१, ११ : २०

टर्की । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले राष्ट्रव्यापी अपरेसनमा टर्कीका अधिकारीहरूले १ हजार २९८ आप्रवासी र ४३ तस्करलाई पक्राउ गरेको बताएका छन् । जसमध्ये सात विदेशी नागरिक रहेका छन् ।
उनले हिरासतमा रहेका आप्रवासीहरूको लागि निर्वासनको प्रक्रिया चलिरहेको समेत बताए । उनका अनुसार २८ हजार ८३५ सुरक्षाकर्मीहरूले ४ हजार ६०६ भवन, ८ हजार ४८ मनोरञ्जनस्थलहरू, ट्रक डिपोहरू, बस स्टेशनहरू, बन्दरगाहहरू र यातायात केन्द्रहरूसहित ५ हजार ७३५ स्थानहरूको निरीक्षण गरेका छन् ।
यर्लिकायाले देशमा शान्ति र सुरक्षा सुनिश्चित गर्दै अनियमित आप्रवासन र मानव तस्करी विरुद्ध लड्न सरकारको प्रतिवद्धतामा जोड दिए । २०२० देखि, टर्किएले ११ लाखभन्दा बढी अनियमित आप्रवासीहरूलाई रोकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’