बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

जाडोमा छालाको हेरचाह, साबुनको सट्टा अनुहारमा लगाउनुस् यी चिज

बुधबार, १२ मङ्सिर २०८१, १० : ३५
बुधबार, १२ मङ्सिर २०८१

काठमाडौँ । जाडोयाम सुरु भइसकेको छ । यो समयमा चिसो सिरेटोले हाम्रो छालामा पनि असर पार्न सक्छ । कपडाले ढाकेर पनि हात खुट्टाका छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ । तर अनुहारमा के गर्ने ?

चिसो हावाका कारण अनुहार फुस्रो हुन थाल्छ । यस्तो अवस्थामा अनुहारको नाजुक छालामा साबुन प्रयोग गरियो भने छाला झनै रुखो हुन्छ । आज हामी यस लेखमा तपाईँहरूलाई जाडो मौसममा अनुहारमा साबुनको सट्टामा प्रयोग गर्न सकिने केही चिजबारेमा बताउन गइरहेका छौँ । यी प्राकृतिक चीजहरूको प्रयोगले तपाईँ आफ्नो अनुहारलाई साबुनमा पाइने रसायनहरूबाट सुरक्षित राख्न सक्नु हुनेछ ।

दूध र मह मिश्रण

जाडो मौसममा छाला धेरै सुख्खा र फुस्रो हुन्छ । एक चम्चा दूधमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुस् र हल्का हातले मसाज गर्नुस् । त्यसपछि मनतातो पानीले मुख धुनुस् । यी दुवै कुराले छालालाई नरम बनाउने काम गर्छ ।

बेसन र दही

बेसन र दही हरेक भान्सामा उपलब्ध हुन्छन्१–२ चम्चा बेसनमा १ चम्चा दही मिसाउनुस् । यसलाई राम्ररी मिसाएर पेस्ट बनाउनुस् अनि अनुहारमा लगाउनुस् । बिस्तारै बिस्तारै स्क्रब गर्नुस् । बेसन र दहीको पेस्टले छालालाई मुलायम राख्न राख्न मद्दत गर्छ ।

ओट्स र दूध

ओट्सलाई पिस्नुस् अनि त्यसमा दूध हालेर पेस्ट बनाउनुस् । यसलाई अनुहारमा लगाउनुस् । ५ मिनेट पछि मुख धुनुस् । यसले छालालाई एक्सफोलिएट गरी नरम बनाउँछ । यसको प्रयोगले छाला पनि चम्किलो हुन्छ ।

एलोवेरा जेल

यसलाई प्रयोग गर्न निकै सजिलो छ । सबैभन्दा पहिले ताजा एलोभेरा लिनुस् र यसबाट जेल निकालेर सिधै अनुहारमा लगाउनुस् । १० मिनेटपछि धुनुस् । एलोवेरा जेलले छालालाई हाइड्रेट गर्छ ।

नरिवल तेल वा बदाम तेल

सुत्नुअघि नरिवल वा बदामको तेल अनुहारमा बिस्तारै लगाउनुस् । यसले प्राकृतिक मोइस्चराइजरको रूपमा काम गर्छ अनि छालालाई गहिरो पोषण दिन्छ ।

(अस्वीकरण: यो लेख सामान्य जानकारीको लागि अनलाइन सामाग्रीबाट तयार पारिएको हो । अधिक जानकारीका लागि विशेषज्ञ वा आफ्नो चिकित्सकसँग परामर्श गर्नुहोला ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप