इजरायल र हिजबुल्लाहबिच युद्धविराम सम्झौता
बुधबार, १२ मङ्सिर २०८१, ०९ : १५

काठमाडौँ । इजरायल र लेबनानबिच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले अमेरिकाको मध्यस्थतामा हिजबुल्लाहले पठाएको युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।
यससँगै अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई देशबिच युद्धविराम भएको घोषणा गरेका थिए । बाइडेनले मङ्गलवार इजरायल र लेबनानमा हिजबुल्लाहबीचको संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको ६० दिने युद्धविराम सम्झौता स्थायी हुनेगरी डिजाइन गरिएको बताए ।
सम्झौता स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेबाट लागू भएको छ । उनले आगामी ६० दिनमा इजरायलले बिस्तारै बाँकी सेनाहरू फिर्ता बोलाउने र दुवै पक्षका नागरिकहरू चाँडै सुरक्षित रुपमा आफ्नो समुदायमा फर्किने विश्वास व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निषेधाज्ञाको निर्णयपछि राजेन्द्र लिङ्देनको प्रतिक्रिया– गणतन्त्रको जग हल्लिएछ !
-
अनुचित लेनदेन जाँचबुझ आयोग गठन, चिया विकास बोर्डमा पाण्डे नियुक्त
-
कुलमानबारे मन्त्रिपरिषद् बैठक अनिर्णित, राजावादीको सक्रियताबारे छलफल
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रघुराज काफ्ले नियुक्त
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक