लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा
बुधबार, १२ मङ्सिर २०८१, ०४ : ०२
![लेवान्डोस्की चम्किएपछि बार्सिलोनाले उठायो घरेलु मैदानको फाइदा](https://npcdn.ratopati.com/media/news/barcelona_92CGdR0Vq7.jpg)
काठमाडौं । रोबर्ट लेवान्डोस्कीको दुई गोल सहायतामा बार्सिलोनाले च्याम्पियन्स लिगमा सहज जित निकालेको छ । लिग चरणको खेलमा बार्सिलोनाले घरेलु मैदानको फाइदा उठाउँदै फ्रान्सको ब्रेष्टविरुद्ध ३-० को सहज जित निकालेको हो ।
लेवान्डोस्कीले खेल सुरु भएको १० मिनेट मै पेनाल्टी गोल गर्दै उत्साह थपेका थिए । दोस्रो आधी (हाफ)पछि डेनी ओल्मोले गोल गर्दै थप अग्रता दिलाएका अतिरिक्त समयमा फेरि लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै ३-० को जित सुनिश्चित गरे ।
योसँगै बार्सिलोना लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल गुमाएको बार्सिलोनाको १२ अंक हुँदा अपराजित शीर्ष स्थानको इन्टरको १३ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय आप्रवासी बोकेको विमान अमृतसरमा अवतरण
-
४.४५ अंकले घट्यो नेप्से, फाइनान्सतर्फ भने लगानीकर्ता झुम्मिए
-
पूजाको अर्धशतक खेर, रोकिएन नेपालको हारको शृङ्खला
-
फ्रान्समा सरकारविरुद्ध अविश्वासको प्रस्तावलाई दक्षिणपन्थी पार्टीले समर्थन नगर्ने
-
‘व्यक्तिगत स्वार्थ हाबी हुँदा मधेस प्रदेश समृद्ध हुन सकेन’
-
यस्तो छ च्यासल ग्राउण्डको अवस्था, तस्बिरमा हेर्नुहोस्