आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

अनुहारमा कसरी लगाउने टोनर ?

बुधबार, १२ मङ्सिर २०८१, ०० : ४४
बुधबार, १२ मङ्सिर २०८१

काठमाडौं । अनुहारको छालालाई चम्किलो बनाउन हिजोआज मानिसहरू बजारमा उपलब्ध विभिन्न तयारी उत्पादनहरु प्रयोग गर्छन् । उत्पादन प्रयोगको साथमा, अधिकांश मानिसहरू सीटीएम रुटिन पालना गर्न पनि मन पराउँछन् । सीटीएम रुटिन त सबैले पालना गर्नुपर्छ । यसमा पहिले क्लिन्जिङ, टोनिङ र त्यसपछि मोइस्चराइजिङ गरिन्छ ।
 
सीटीएम रुटिनमा छालाको टोनिङको लागि नै टोनरको प्रयोग गरिन्छ । तपाई पनि अनुहारमा टोनर प्रयोग गर्नुहुन्छ भने यो लेख तपार्इंकै लागि हो ।  आजको यस लेखमा हामी यहाँहरूलाई टोनर प्रयोग गर्दाका फाइदा, बेफाइदा र यो प्रयोग गर्ने सही तरिकाबारे बताउँछौ । टोनरको प्रयोग गर्दा छालालाई लाभको सट्टा उल्टै हानी नहोस् भनेर तपाईंले पनि यो कुरा थाहा पाइराख्नु पर्छ ।

यसरी गर्नुस् टोनरको प्रयोग
टोनर प्रयोग गर्न धेरै सजिलो छ । यसका लागि सबैभन्दा पहिले राम्रो फेसवाश वा क्लिन्जरले अनुहार धुनुस् । यसले धुलो, फोहोर र मेकअपका अवशेषहरू हटाउँछ । यसपछि एउटा कपासको प्याड लिनुस् । र यसमा केही टोनर राख्नुस् ।

अब यसलाई अनुहार र गर्दनमा हलुका हातले लगाउनुस् । आँखा वरपरको हिस्सालाई भने छाडिदिनस् । तपार्इँ टोनरलाई स्प्रे बोतलमा राखेर पनि चलाउन सक्नु हुन्छ । टोनर लगाएपछि छालामा मोइस्चराइजर लगाउन नबिर्सनुहोला ।

प्रयोग गर्दा यी कुरामा दिनुस् ध्यान
तपाईँ टोनर प्रयोग गर्न चाहनुहुन्छ ? चाहनु हुन्छ भने पहिले आफ्नो छालाको हिसाबले टोनर किन्नुहोस् । चिल्लो छालाका लागि एस्ट्रिन्जेन्ट टोनर र सुख्खा छालाका लागि हाइड्रेटिङ्ग टोनर राम्रो हुन्छ । हानिकारक रसायनहरू कम हुने भएकोले प्राकृतिक वा हर्बल टोनरहरू (जस्तै गुलाबजल) प्रयोग गर्नुहोस् ।

यस्ता छन् टोनरका फाइदाः
टोनर प्रयोग गर्नु अघि, यसको फाइदाहरू थाहा पाइ राख्नुस् । यसले छालाका छिद्रहरूमा गहिराइमा पुगेर सफा गर्छ । अतिरिक्त तेल र फोहोर हटाउँछ । तपाईँ नियमित रूपमा टोनर प्रयोग गर्नुहुन्छ भने यसले छालाको पीएचलाई सन्तुलित राख्छ ।

टोनरको नियमित प्रयोगले छिद्रहरू कम देखिने बनाउन मद्दत गर्छ । यसले छालालाई सीरम र मोइस्चराइजरहरू राम्रोसँग अवशोषित गर्न सक्ने बनाउँछ । त्यसैले पनि तपाईले टोनरको नियमित प्रयोग गर्न सक्नुहुन्छ ।

यस्ता छन् बेफाइदाः
बजारमा पाइने धेरै टोनरमा अल्कोहल हुन्छ, जसले छालालाई सुख्खा बनाउँछ । टोनरमा कठोर रसायन वा सुगन्ध छ भने, यसले संवेदनशील छालामा जलन वा एलर्जी गराउन सक्छ । कहिलेकाहीँ यसले छालालाई ठूलो हानी पुर्‍याउन पनि सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप