जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...

काठमाडौँ । मंगलबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको इजलास तोकिएको थिएन । सर्वोच्च अदालतका एक नम्बर र दुई नम्बर न्यायाधीश इजलासमा नै नबसी न्याय परिषद्को मिटिङका लागि कस्सिएका थिए ।
उनीहरू परिषद् सचिवालयलाई तयारी पनि गर्न लगाए । सर्वोच्च अदालतका चार न्यायाधीश र उच्च अदालतका १८ न्यायाधीश नियुक्ति र सिफारिसका लागि सचिवालयले आवश्यक तयारी पनि गर्यो । परिषदमा नियुक्ति र सिफारिससँगै अन्य केही महत्त्वपूर्ण एजेण्डा पनि छलफलमा राख्ने तयारी थियो । करिब ११ बजे परिषदमा पुगेका प्रधानन्यायाधीश राउत र वरिष्ठ न्यायाधीश मल्ल दिनभर कानुनमन्त्री अजयकुमार चौरासियालाई पर्खेर बसे । कानुनमन्त्री जिल्ला बाहिर रहेको र परिषद्को बैठकमा आउँछु भनी सम्पर्कमा रहेका थिए । तर एक्कासि ४ बजेपछि उनले आफ्नो प्लेन काठमाडौँ आउन नसकेकाले आउन नसकेको जानकारी गराए । लगत्तै परिषद् बैठक मूल एजेण्डामा प्रवेश नगरेकोले पुन: बस्ने भनी उठ्यो ।
न्याय परिषद्मा प्रधानन्यायाधीश अध्यक्ष हुन्छन् भने सदस्यहरूमा सर्वोच्चका वरिष्ठतम् न्यायाधीश, कानुनमन्त्री, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेका एक जना कानुनविद् र नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त एकजना कानुनविद् सदस्य हुन्छन् ।
हाल वरिष्ठ अधिवक्ताद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी कानुनविद्का रूपमा सदस्य छन् । न्याय परिषद्का एक सदस्यका अनुसार दिनभर कानुनमन्त्रीले कुराउनु भयो र अन्तिममा आउन नसक्ने र प्लेन नउडेको भनी जवाफ आएपछि केही निर्णय नगरी उठेको बताए । मन्त्रीले अर्को दिनको बैठकमा आउँछु भनेकाले पुनः बैठक बस्ने ती सदस्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असल र सफल मानिस बन्ने ९ सूत्र
-
बलिङ सल्लाहकारका रुपमा इङ्ल्यान्डको टोलीसँग जोडिँदै न्युजिल्यान्डका टिम साउथी
-
अक्षय तृतीया : दर्शनार्थीका लागि डोलेश्वरमा चारै ढोका खुल्ला
-
ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तर्देशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक
-
पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ –मन्त्री पाण्डे
-
कञ्चनपुरको लालझाडीमा एक युवक मृत फेला