प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । चीन भ्रमणको पूर्वसन्ध्यामा महासचिव विप्लवले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।
भेटको क्रममा ओली सरकारसँग विगतमा गरिएको तीन बुँदे सहमति कार्यान्वयनमा ध्यानाकर्षण गराएको प्रवक्ता खड्गबहादुर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
‘विगतमा ओली सरकारसँग हाम्रो तीन बुँदे सहमति भएका थिए । अहिले पनि उहाँ आफै प्रधानमन्त्री हुनुहुन्छ । तर अहिलेसम्म हाम्रा नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता भएको छैन । हाम्रा १० जना कार्यकर्ता जेलमै हुनुहुन्छ । त्यसबारे हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हौँ’, भेटवार्ताबारे जानकारी दिँदै उनले भने ।
जवाफमा प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट फर्किएर आएपछि दुवैपक्ष बसेर समस्या समाधान गर्ने बताएको उनले जानकारी दिए ।
‘चीन भ्रमणबाट फर्किएपछि दुवै पक्ष बसेर मुद्दा फिर्ता लिने विषयमा छलफल गरौँला भन्नुभएको छ ’, ओलीको भनाइ उदृद्धि गर्दै उनले भने ।
यस्तै चीन भ्रमणमा कूटनीतिक सम्बन्धमा कुनै असर नपर्ने गरी कुराकानी गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको उनले बताए । एकीकृत जनक्रान्तिको कार्यदिशा अंगाल्दै विद्रोहमा होमिएको नेकपामाथि तत्कालीन ओली सरकारले प्रतिबन्ध लगाएको थियो । त्यसपछि सशस्त्र भूमिगत विद्रोह गरेको नेकपाले ०७७ साल फागुनमा सरकारसमक्ष तीन बुँदे सहमति गरेको थियो । सोही सहमति अनुसार आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ता लिन विप्लवले दबाब दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन
-
दुर्गा प्रसाईंको राहदानी ‘ब्ल्याकलिस्ट’मा राखिँदै
-
१० बजे १० समाचार : ज्ञानेन्द्रलाई जरिवाना, राजावादी धमाधम पक्राउ पर्दा कमाण्डर फरार
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज