खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन

हेटौंडा । बागमती प्रदेश युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडीहरूमाथि खेलबाड गर्न नहुने बताएका छन् । उनले राजनीति द्वन्द्व र स्वार्थ राखेर खेलकुद र खेलाडीहरूको भविष्यमाथि खेलबाड गर्न नहुने बताए ।
बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको उसु प्रशिक्षक तथा रेफ्री आधारभूत तालिम कार्यक्रम उद्घाटन गर्दै संघीय युवा तथा खेलकुदमन्त्री र राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिवको आन्तरिक द्वन्दका कारण १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गर्न नसकेको बताए । राष्ट्रिय खेलकुदको मिति तय गर्न नसक्दा खेलाडीहरूमा नैराश्य पैदा भएको उनको भनाइ छ ।
देशको नाम राख्ने खेलाडीलाई निराश गर्ने गरी राजनीतिज्ञहरूले काम गर्न नहुने उनले बताए । आफ्ना स्वार्थ र द्वन्दका विषय छलफल तथा बहसबाट समाधान गर्दै खेलाडीको प्रोत्साहन गर्नु राजनीतिज्ञको दायित्व रहेको मन्त्री महर्जनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारमा सत्ता र प्रतिपक्षको भिडन्त : दुवैलाई ‘राजावादी वकिल’को काँध
-
‘दुई ठुला शक्ति नेतृत्वमा आउँदा बारको आवाज झन् बुलन्द हुन्छ’
-
रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई
-
‘अहिलेको चुनाव दल भर्सेस कानुन व्यवसायी हो’
-
भारत सरकारको अनुदान सहयोगमा निर्माण हुने १० वटा परियोजनाहरूको एमओयूमा हस्ताक्षर
-
बागमती प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस