१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
आज २०८१ मंसिर ११ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- कीर्तिपुर फिल्ड रिपोर्ट
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच कडा प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ । कीर्तिपुर नगरपालिका प्रमुख पदमा कांग्रेसबाट नगर समितिका सभापति कृष्णमान डंगोल, एमालेबाट केन्द्रीय सदस्य एवं निर्वाचन क्षेत्र नम्बर १० का अध्यक्ष डा. सुरेन्द्र मानन्धर र माओवादीबाट प्राडा. शिवशरण महर्जन उम्मेदवार छन् ।
- प्रधानमन्त्रीको चीन भ्रमण
हाम्रा सरकार प्रमुखले भारत रिसाएका बेला ‘चीन छ है’ भनेर देखाउने जुन प्रवृत्ति छ, त्यसैलाई ‘चाइना–कार्ड’ र चीन रिसाएका बेला ‘भारत छ है’ भनेर देखाउने जुन प्र्रवृत्ति छ, त्यसैलाई ‘इन्डिया–कार्ड’ भनेर बुझिन्छ । यो प्रवृत्तिको विकास खासगरी राजा महेन्द्रका पालामा स्थापित भएको माओवादी केन्द्रका विदेश विभाग उपप्रमुख राम कार्की बताउँछन् । यतिखेर प्रधानमन्त्री भएको पाँच महिना पुग्न लाग्दा समेत भारतले ओलीलाई निमन्त्रणा दिएको छैन र उनी मंसिर १७ गते चीन भ्रमणमा जाँदै छन् । त्यसैले उनले ‘चाइना–कार्ड’ प्रयोग गर्न खोजेको टिप्पणी हुन थालेका छन् ।
- बैंकमा बेथिति
मंगलबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई वित्तीय कारोबार गर्न नपाउने गरी शीघ्र सुधारात्मक कारबाही गर्यो । यो कारबाही सँगै उक्त बैंकले अब निक्षेप सङ्कलन गर्न र कर्जा लगानी गर्न पाउने छैन ।
- सहकारी ठगी प्रकरण
अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएन । मंगलबार काठमाडौँ ल्याउने भनिएपनि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा राखिएको छ । उनलाई थप १५ दिन हिरासतमा राख्न मंसिर ९ मा कास्की प्रहरीले अदालतबाट म्याद लिएको थियो ।
पोखराको प्राइम सहकारी ठगीको आरोपमा पक्राउ परेका नेकपा एमाले तनहुँका नेता शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरी अदालत पेस गरेको थियो ।
- पूर्वमन्त्री जोडिएको मानव तस्करी प्रकरण
कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले आफू जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दामा आफैँ पीडित भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा नचलाउने निर्णय गरिसकेको छ ।
- सामाजिक सुरक्षा कोष
सातौँ वर्षमा प्रवेश गरेको सामाजिक सुरक्षा कोषका सामु चुनौतीका चाङ छन् । विभिन्न कठिनाइका बिच स्थापनाको ६ वर्ष पूरा गरेको कोष विभिन्न चुनौती सामना गरिरहेको छ । कोषमा थुप्रिएको अर्बौं रकमको लगानी नहुनु, श्रम ऐन अनुसार श्रमिक तथा रोजगारदातालाई कोषमा आबद्ध गराउन नसक्नु, वैदेशिक रोजगारीमा रहेका श्रमिकको योगदान नियमित गर्न नसक्नुजस्ता समस्या प्रमुख छन् । ती समस्या समाधान गर्न कोषलाई गाह्रो परेको देखिन्छ ।
- बेरोजगार नेता
महाधिवेशन सम्पन्न भएको लामो समयसम्म कार्यविभाजन नहुँदा नेकपा एकीकृत समाजवादीका नेताहरू जिम्मेवारीविहीन बनेका छन् । महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा उल्टो निराशा बढेको नेताहरूको गुनासो छ । संगठन निर्माणमा सुस्तता आएको उनीहरू बताउँछन् ।
- अपराध
यस्ता छन् आजका अपराधका प्रमुख समाचारहरु :
- बक्यौता विवाद
नियमनकारी निकाय विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई अहिले सबै निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको छ । सोमबार आयोगले प्राधिकरणलाई मन्त्रिपरिषद्को निर्णय अनुसार बक्यौता उठाउन र अरू निर्णयहरू यथास्थितिमा राख्न निर्देशन दिएको हो । नलाई हाल प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
- फोटोफिचर
सुनको मूल्य घटेपछि किन्नेको भिड लागेको छ । सरकारले भन्सार दर घटाइएसँगै नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
राजनीतिक प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गर’ लगायतका माग राखेर माइतीघरमा मंगलबार प्रदर्शन गरिएको छ। आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले प्रदर्शन गरेका हुन्।
घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी बिनु यादव पक्राउ परेकी छन् । सर्वोच्च अदालतअघि बोर्डमा कालो रङ छ्यापेर विरोध प्रदर्शन गरेपछि उनलाई पक्राउ गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : चुनौतीका चाङमाथि सामाजिक सुरक्षा कोष, सहकारी ठगीमा एमाले नेता कारागार चलानदेखि समाजवादीका ३४४ नेता बेरोजगारसम्म
-
आइसिसीका प्रतिनिधिले गरे पोखरा क्रिकेट मैदान निरीक्षण
-
जब कानुनमन्त्रीले प्रधानन्यायाधीशलाई दिनभर कुराए...
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ