खाल्डोमा डुबेर बालकको मृत्यु

सिराहा । सिराहामा चापाकलबाट निस्केको पानी जम्ने खाल्डोमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका ६ मिर्चैया धनगढ्हाटोलका सुजित पासवानका डेढ वर्षीय छोरा ऋतिकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्र कुमार पासवानले बताए ।
ठुली छोरीलाई विद्यालय पुर्याउन गएको बेला खेल्दै बाहिर निस्केका ऋतिक पानी जम्ने खाल्डोमा डुबेको हुनसक्ने वडा नम्बर ६ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।
खाल्डोमा बच्चाको खुट्टा मात्र देखेपछि छिमेकीले चिच्याउँदै गाउँलेलाई बोलाएका थिए। खोल्डोबाट तत्काल निकाली बेहोस अवस्थामा नजिकैको फूलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल सिराहा लगिएको छ । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्र कुमार पासवानले बताए । ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक