धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै
![धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै](https://npcdn.ratopati.com/media/news/mahotsab-press-meet_kfsSlu38Mi.jpg)
धनगढी । कैलालीको धनगढीमा मङ्सिर २२ गतेदेखि सुदूरपश्चिम महोत्सव आयोजना हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघ धनगढीको आयोजनामा मङ्सिर २२ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने भएको हो ।
२०६३ सालदेखि धनगढीमा आयोजना हुँदै आएको महोत्सवको यो १८ औ संस्करण हो । आयोजक कैलाली उद्योग वाणिज्य संघले आज धनगढीमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको छ ।
झन्डै ३ करोडको लागतमा आयोजना हुने महोत्सवमा १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष पुष्पराज कुँवरले बताए । महोत्सवमा कृषि, जडीबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गार्मेन्ट, इलेकट्रोनिक, होटल र सूचना प्रविधि गरी ५ सय स्टलहरू रहने बताइएको छ । जसको ९५ प्रतिशत स्टल बुक भइसकेको पनि बताइएको छ ।
त्यस्तै महोत्सवको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको अध्यक्ष कुँवरले जानकारी दिए । महोत्सवमा वृहत् व्यावसायिक कृषि प्रदर्शनी र कृषिमा आएको प्रविधिलाई व्यवसायमा जोड्नको लागि प्रदर्शनीमा विशेष जोड दिएको । यसैबिच महोत्सवमा प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता