शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिलाई उपराष्ट्रपतिले धम्की दिएपछि...

मङ्गलबार, ११ मङ्सिर २०८१, २० : ०७
मङ्गलबार, ११ मङ्सिर २०८१

मनिला । राष्ट्रपति फर्डिनान्ड मार्काेसलाई सार्वजनिक रूपमा धम्की दिएको मामिलामा फिलिपिनी उपराष्ट्रपति सारा दुतेर्तेको समस्या बढ्न सक्ने देखिएको छ । अनुसन्धान एजेन्सीहरूले उपराष्ट्रपति सारा दुतेर्तेलाई समन जारी गरी सोधपुछका लागि उपस्थित हुन भनेका छन् । 

यसैबिच राष्ट्रपतिलाई धम्की आएपछि उनको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपतिविरुद्ध धम्की आउनु राष्ट्रिय सुरक्षाको विषय भएको फिलिपिन्सका राष्ट्रिय सुरक्षा सल्लाहकार एडुआरडो एनोले बताएका छन् ।

सोधपुछका लागि हाजिर हुन समन

उपराष्ट्रपति सारा दुतेर्तेलाई पठाइएको समनमा उनलाई राष्ट्रिय अनुसन्धान ब्यूरोमा उपस्थित हुन भनिएको छ । आफ्नो भनाइलाई स्पष्ट गर्दै उपराष्ट्रपति सारा दुतेर्तेले आफूले राष्ट्रपतिलाई कुनै धम्की नदिएको बरु आफ्नो ज्यान खतरामा परेको भन्दै भावना व्यक्त गरेको मात्रै बताएकी छिन् । उपराष्ट्रपतिले आफ्नो एउटा भनाइप्रति राष्ट्रपतिले प्रतिक्रिया दिनु भनेको विपक्षीलाई दबाउन खोजेको आरोप पनि लगाइन् ।

के थियो पुरै विवाद ?

‘मैले कसैलाई भनेको छु कि यदि उनको (दुतेर्ते)को हत्या भयो भने उनी तबसम्म नरोकिइनु जबसम्म राष्ट्रपति फर्डिनान्ड मार्काेस, उनकी पत्नी लिसा अरनेटा र प्रतिनिधि सभाका सभामुख मार्टिन मार्टिन मारिन्नन्,’ भनेर भर्खरै दुतेर्तेले सार्वजनिक रूपमा भनेकी थिइन् । आफूले कुनै ठट्टा नगरेको पनि उपराष्ट्रपतिले बताइने । उपराष्ट्रपतिको यो बयानपछि राष्ट्रपति फर्डिनान्डका सूचना अधिकारीहरूले उपराष्ट्रपतिले दिएको धम्कीलाई गम्भीरताका साथ लिएको बताएका थिए । यस विषयमा कडा कारबाही गर्ने पनि उनीहरूले भनेका थिए । सारा दुतेर्ते र फर्डिनान्ड मार्काेसबिच विगत केही महिनादेखि तनाव चलिरहेको थियो । यस वर्षको जुनमा पनि सारा दुतेर्तेले पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेको मन्त्रिपरिषद्बाट राजीनामा दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप