नेपाल प्रिमियर लिगका खेलहरू युट्युबमा एक्सन स्पोर्ट्समार्फत हेर्न सकिने
मङ्गलबार, ११ मङ्सिर २०८१, १९ : ५९
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका खेलहरूको युट्युब प्रसारण अधिकार एक्सन स्पोर्ट्सले हासिल गरेको छ। डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रसारण गर्न एनपीएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबिच सम्झौता भएको हो।
दर्शकहरूले एनपीएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युब च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। यसका साथै, प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ । प्रतियोगिता मङ्सिर १५ देखि पुस ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेको बहस स्थगित, ४ जनाले गरे बहस
-
सत्तामा एकाएक बढ्यो जसपा नेपालको ‘बार्गेनिङ पावर’
-
चलचित्र विकास बोर्डले गर्यो विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान
-
भन्सारका प्रविधियुक्त उपकरणलाई भरपुर रूपमा प्रयोग गरिएको छैन : सांसद कार्की
-
राष्ट्रिय किताब खानामा शिक्षामन्त्रीको छड्के अनुगमन
-
अमेरिकाले चिनियाँ सामानमा कर वृद्धि गर्दा भारतबारे किन मौन ?