रवि लामिछानेलाई काठमाडौँ ल्याउन अलमल
_E9cFdUhBzu.jpg)
काठमाडौँ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएन । मंगलबार काठमाडौँ ल्याउने भनिएपनि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा राखिएको छ । उनलाई थप १५ दिन हिरासतमा राख्न मंसिर ९ मा कास्की प्रहरीले अदालतबाट म्याद लिएको थियो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्राविधिक कारणले उनलाई मंगलबार ल्याउन नसकिएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘उहाँलाई काठमाडौँ ल्याउन थप समय लाग्ने देखिएको छ ।’
रवि लामिछाने निकट रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा लेखेका छन्,‘कास्की प्रहरीले रविलाई भोलि साँझ वा पर्सी बिहान (बिहीबार) मात्र काठमाडौँ पठाउने भएको छ ।’
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरे बुधबारका लागि बिदामा बसेका छन् । उनलाई बिहीबार साँझसम्ममा काठमाडौँ ल्याउने सम्भावना रहेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी जोशीसँग बयान लिएर पोखरा फिर्ता पठाइएको छ । काठमाडौँमा रास्वपाले विरोध प्रदर्शन गर्ने विश्लेषण गरेर पनि उनलाई ल्याउन ढिला गरिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन