भक्तपुर-५ लाई टिम स्वर्ण

काठमाडौँ । भक्तपुर-५ ले चौथो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा मंगलबार स्वर्ण जितेको छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा भक्तपुर ५ का दिया देउला, नर्मदा खाइतु, समिरा सैजु, साइना लिबी र काजलकुमारी सम्मिलित टोलीले काठमाडौँ २ का शुभश्री श्रेष्ठ, रविना महर्जन र आर्सिया मानन्धरको टोलीलाई ३–१ ले पराजित गरे । भक्तपुर २ र ललितपुर १२ ले संयुक्त रूपमा तेस्रो स्थानमा चित्त बुझाए ।
अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा स्पिन इभेन्ट प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौँ २९ की इन्दिरा पौडेल पराजुली पहिलो भइन् । इन्दिराले फाइनलमा ललितपुर ११ की शर्मिला शाक्यलाई १२–१०, ११–७ र ११–८ को सोझो सेटमा हराइन् । काठमाडौँ २९ की सम्झना पोखरेल र ललितपुर ९ की विजेता व्यञ्जनकार तेस्रो बने ।
मङ्सिर १५ गतेसम्म चल्ने प्रतियोगितामा करिब ४ सय ५० खेलाडीले विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।प्रतियोगिताको मुख्य प्रायोजकमा अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष सुमन खड्गी हुन् भने दि ह्यानडीक्राफ्टका अध्यक्ष नदिमरत्न शाक्य, इटीटी क्लबका उपाध्यक्ष रवि धाक्वा र अनर मोबाइलले सह–प्रायोजन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीमा गुरुङ मृत्यु प्रकरण: एक वर्षपछि फैसला, १५ लाख क्षतिपूर्ति दिनुपर्ने
-
करिब २ सय ४४ किलोग्राम गाँजासहित बोलेरो चालक पक्राउ
-
फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि
-
निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै
-
काठमाडौँमा फेरि बढ्यो वायु प्रदूषण
-
भारत भ्रमणमा आउँदै छन् अमेरिकी उपराष्ट्रपति जेडी भान्स, के-के छन् छलफलका एजेन्डा ?