कृषि पर्यटन विकासमा अघि बढ्नुपर्छ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले कृषि पर्यटन विकासमा अग्रसर हुन जरुरी रहेको औँल्याएका छन् । प्रदेशमा कृषि पर्यटनको प्रचुर सम्भावना रहेकाले तीनै तहका सरकारको प्राथमिकता त्यसतर्फ केन्द्रित हुनुपर्ने उनले बताए ।
मकवानपुरको थाहा नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकारले कृषि उत्पादन र पर्यटनलाई महत्वका साथ अघि बढाएको बताए । उनले थाहा नगरपालिकासहित प्रदेशका अन्य स्थानीय तहको समृद्धिको लागि कृषि र पर्यटन क्षेत्रमा जोड दिनुपर्ने बताए ।
उनले पर्यटकीय क्षेत्रलाई स्थानीय तहको समन्वयमा विशेष प्राथमिकताका साथ कार्यक्रमहरू अघि बढाउने बताए । प्रदेशको संस्कृति परम्परा र कृषि उत्पादनलाई वृद्धि गरेर धार्मिक तथा कृषि पर्यटनको विकास गर्नुपर्ने उनको भनाई थियो ।
मुख्यमन्त्री लामाले सडक पूर्वाधारको स्तरोन्नति र विकाससँगै सांस्कृतिक सम्पदाको जगेर्नामा सरकारले योजना निर्माणमा काम गरिरहेको उनले बताए । आर्थिक उपार्जनको स्रोत बनिरहेको पर्यटन क्षेत्रलाई कृषि र संस्कृतिसँग जोड्ने काम भइरहेको उनको भनाई छ । स्थानीय सरकारहरूले सोही प्रकृतिका आयोजनाहरू तयार गरी डिपिआर सहित बजेटका लागि प्रदेश सरकार समन्वय गर्न उनले आग्रह गरे ।
कार्यक्रमको अवसरमा थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपालीले ग्रामीण भेगमा रहेका गाउँहरू जोड्न सडक पूर्वाधारको लागि बजेट विनियोजन गरिदिन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नेता तथा पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधन
-
सहकारी विभाग र प्रशिक्षण केन्द्रलाई मर्ज गर्दै सरकार
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थाेक मूल्य
-
रौतहटका स्थानीय तहको बेरुजु ११ अरब नाघ्यो
-
पाथीभरा केबलकारबारे मुख्यमन्त्री र मन्त्रीबिच विवाद
-
बरियारपट्टीमा ‘जनता आवास’ अनुदानको घर प्रयोगविहीन