व्यक्तिगत इगो साध्न कारबाहीको सिफारिस गरे : सांसद चौधरी

बुटवल । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलविरुद्ध सामाजिक सञ्जाल लेखेपछि कारबाहीको सिफारिस भएका नेकपा एमाले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा बहादुर चौधरीले व्यक्तिगत इगो साध्नको लागि कारबाहीको नाटक गरेको प्रतिक्रिया दिएका छन् ।
उनले सरकारले गरेका कतिपय कामहरू आधारभूत वर्गको पक्षमा नभएको र जनतासँग जोडिएका विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदा आफूलाई स्पष्टीकरण सोधिएको रातोपाटीलाई बताए । बाँके जिल्ला कमिटीले विधानभन्दा बाहिर गएर पार्टी सदस्यबाट निलम्बन गरेको पनि बताए । एमाले बाँकेले उनलाई निलम्बन गर्नका लागि पार्टी केन्द्रमा सिफारिस गरेको छ ।
उनले जिल्लाबाट सिफारिस प्रदेशलाई गर्ने र प्रदेशले केन्द्रमा गरेपछि संसदीय दलमा छलफल भएपछि वैधानिकता पाउने भएपनि जिल्लाबाट माथिल्लो निकाय पठाएको पत्र नै सार्वजनिक गर्नु गैरजिम्मेवारीपन भएको प्रतिक्रिया दिए ।
चौधरीले आफू आधारभूत वर्गबाट आएकाले ती वर्गमा समस्यालाई केन्द्रित रहेर आवाज उठाउनु आफ्नो दायित्व भएको बताए । उनले जिल्लाका साथीहरूले व्यक्तिगत इगो साध्नका निलम्बनका लागि सिफारिस गरिएको बताए । उनी बाँके निर्वाचन क्षेत्र नम्बर १ को २ बाट निर्वाचित भएका प्रदेश सभा सदस्य हुन् ।
चौधरी यसअघि एमाले लुम्बिनी प्रदेश कमिटीका उपसचिव पनि थिए । पार्टीको नीति विपरीत गतिविधि गरेको भन्दै उनलाई प्रदेश कमिटीबाट पनि हटाइएको थियो । पछिल्लो समय उनले मङ्सिर ७ मा एमालेले काठमाडौँमा गरेको जागरण सभाको विरुद्धमा फेसबुकलगायत सामाजिक सञ्जालमा विरोध गरेका थिए । त्यसपछि पार्टीले कार्तिक ५ गते प्रस्टीकरण सोधेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव