धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले लिए शपथ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मंगलबार साँझ सिंहदरबारमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । श्रेष्ठलाई शपथ खुवाउँदै अर्थमन्त्री पौडेलले खुल्ला प्रतिस्पर्धाका आधारमा बोर्डको अध्यक्षलाई चयन गरेको भन्दै पुँजीबजारमा रहेका समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे । अध्यक्ष चयन भएसँगै बोर्डले गतिशील ढंगले काम गर्ने उनले बताए ।
त्यस्तै शपथपछि श्रेष्ठले पँजीबजारलाई चलाएमान बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्दै लगानीकर्ताहरूको मनोबल उच्च बनाउन भूमिका खेल्ने बताए ।
श्रेष्ठलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । प्रतिस्पर्धाका आधारमा उनलाई चार वर्षका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोचक बन्दै ला लिगा, शीर्ष टोलीलाई धक्का पुग्दा एटलेटिकोलाई सफलता
-
प्रिमियर लिग : लिभरपुल फुलहमसँग हार्दा म्यान्चेस्टर डर्बीमा गोलरहित बराबरी
-
१२ बजे, १२ समाचार : अग्रज पत्रकार भैरव रिसालको निधनदेखि तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको फरक-फरक भनाइसम्म
-
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
-
गरुड पुराण लगाउने पण्डित बन्न आएका भैरव रिसाल कम्युनिस्ट र पत्रकार बने
-
तीन वर्षभित्र १३ लाख धनीपुर्जा वितरण गरिन्छ : अध्यक्ष रिजाल