संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन गर्न भुषालको संयोजकत्वमा उपसमिति गठन
काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनहरूको उपसमिति बनाएर अध्ययन गर्ने निर्णय गरेको छ । यसका लागि ५ सदस्यीय उपसमिति पनि गठन गरिएको छ ।
समितिको मंगलबार बसेको बैठकले डा वेदुराम भुषालको संयोजकत्वमा उपसमिति बनाएको हो । समिति सभापति तुलसा दाहालले रातोपाटीलाई दिएको जानकारी अनुसार समिति सदस्यहरूमा सांसदहरू गंगाकुमारी वेल्वासे, गोपाल भट्टराई, विष्णुदेवी पुडासैनी र मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।
उपसमितिलाई एक महिनाको समय दिइएको उनले बताइन् ।
‘एक महिनाको समय दिएर उपसमिति गठन गरेका छौँ‚’ उनले भनिन्‚ ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको मिहिन ढंगबाट अध्ययन हुनेछ ।’
यसअघी पनि समितिले अध्ययन गरेर संघीयता कार्यान्वयनका लागि ४० वटा कानुन अत्यावश्यक भएको औँलाएको थियो । सभापति दाहालका अनुसार त्यी ४० कानुन मध्ये कति निर्माण भए‚ अब कस्ता कानुन तत्काल आवश्यक भएका छन् लगायत विषय अध्ययन हुनेछ ।
‘कुन मन्त्रालयले तत्काल कुन कुन कानुन बनाए मात्र संविधान र संघीयता कार्यान्वयन हुन्छ भनेर मन्त्रालयगत रूपमा अध्ययन हुनेछ‚’ उनले थपिन्‚ ‘उपसमितिले प्रतिवेदन दिएपछि मन्त्रालयगत रूपमा बैठक बसेर आवश्यक निर्देशन दिने काम हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास