र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी

नयाँ दिल्ली । भारतीय र्यापर बादशाहको नाइट क्लबमा विस्फोट भएको छ । चण्डीगढस्थित उनको नाइट क्लब बाहिर आफूले बम विस्फोट गराएको लरेन्स बिश्नोई गिरोहले दाबी गरेको छ । गोल्डी बरारले जारी गरेको सामाजिक सञ्जाल पोस्टमा यस्तो दाबी गरिएको भन्दै भारतीय सञ्चार माध्यमले समाचार छापेका छन् । प्रहरीका अनुसार मंगलबार बिहान चण्डीगढको सेक्टर २६ क्षेत्रमा रहेको एक बारबाहिर विस्फोट भएको थियो ।
पहिलो विस्फोट ३ः१५ बजेतिर सेभिले बाहिर भएको थियो । मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिहरूले क्लबको प्रवेशद्वार नजिकै विस्फोटक विस्फोट गराएका थिए । त्यसको केही मिनेट पछि, डी’अरा क्लबबाहिर यस्तै विस्फोट भएको थियो । यस क्रममा क्लब रहेको भवनको झ्यालहरू झर्यामझुरुम फुटेका थिए ।
यी विस्फोटका घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । उक्त क्षेत्रमा जडान गरिएको सीसीटीभी क्यामेराको फुटेजमा अज्ञात व्यक्तिले बार–सह–लाउन्जतर्फ केही फ्याँकिरहेको र त्यसपछि धुवाँको बादल उठेको देखिन्छ । बिहान करिब ३ः३० बजेतिर सो क्षेत्रमा ‘चर्को आवाज’ आएको सूचना पाएको प्रहरीले जनाएको छ ।
बादशाहले गत डिसेम्बरमा सेभिल रेस्टुरेन्ट खोलेका थिए । बादशाह सेभिलको साथसाथै सागो स्पाइसी सिम्फनी र सिडेराका सह–मालिक पनि हुन् । ३९ वर्षीय बादशाहले हिन्दी, अंग्रेजी, पञ्जाबी र हरियाणवी भाषामा पनि गीत गाएका छन् । उनले कपुर एन्ड सन्स र क्रु लगायत बलिउडका कयौँ फिल्मका लागि गीत पनि गाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी पहिरोले क्षतिग्रस्त बिपी राजमार्गको मर्मत तीव्र
-
अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा विराट कोहलीको आँखा यी तीन कीर्तिमानमा
-
थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु
-
स्वास्थ्य बीमासहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत
-
वनबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न उद्यमशिलता विकास गर्नुपर्छ : उपराष्ट्रपति